पश्मिाञ्चलमा विश्व रेडियोग्राफी दिवस सम्पन्न
काठमाण्डौं, २४ कात्तिक । पाँचौ अन्र्तराष्ट्रिय रेडियोलोजी तथा विश्व रेडियोग्राफी दिवसको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडियोलोजीकल सोसाइटीसंगको समन्वयमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रेडियोलोजी विभागद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.कालू शर्मा सुवेदी, डा.श्रीकृष्ण श्रेष्ठ लगायतले विश्व रेडियोग्राफी दिवस एवं रेडियोलोजीको महत्वका बारेमा चर्चा गरेका थिए ।
सो कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्री कृष्ण श्रेष्ठ, रेडियोलोजी विभाग प्रमुख डा. आनन्दबहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
स्तनका रेडियोलोजिकल परिक्षणहरु र विकिरण सुरक्षाका विषयमा केन्द्रित सो कार्यक्रममा डा.श्याम पराजुलीले स्तनका रेडियोजिकल परिक्षण र बिसर्जन शर्माले विकिरण सुरक्षा सम्बन्धि विषयमा समेत चर्चा गरिएको थियो ।
सोसाइटीका केन्द्रिय सचीव भीम थापा (अरुण) र मेडिकल इमेजिङ्ग टेक्नोलोजीष्ट बिसर्जन शर्माले संयुक्तरुपमा तयार पारेका मेमोग्राफी तथा विकिरण जोखिम सम्बन्धि जनचेतनामुलक नेपाली पोस्टरहरुको अनावरण पनि गरिएको छ ।
त्यस्तै विश्व रेडियोग्राफी दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृद्ध–वृद्धाहरुलाई फलफूल वितरण गरिएको थियो ।
एक्स–रे विकिरण पत्ता लागेको दिनको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ का दिन विश्वभर रेडियोग्राफी तथा रेडियोलोजी दिवस मनाउने गरिएको छ ।
-
View Other Stories by Author >>
