उपचार कोषमा आर्थिक सहयोग 



Download our app to get more features

चितवन, २५ कात्तिक । चितवनको भरतपुर अस्पतालमा रहेको गरिब तथा विपन्न नागरिक उपचार कोषमा आर्थिक सहयोग थपिएको छ । 

गरिब तथा विपन्न वर्गका व्यक्तिहरुको उपचारमा सहायता गर्नका लागि अस्पतालले उक्त कोष सञ्चालनमा ल्याएको थियो । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले बुधबार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्र प्रसाद मरासीनीलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । 

प्रवासमा रहेका नेपालीहरुले संकलन गरेको रकमलाई गरिब तथा विपन्न विरामीहरुको उपचारको लागि खर्च होस् आफूहरुले रकम सहयोग गरेको समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले बताए । 

कार्यक्रममा रकम बुझ्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्र प्रसाद मरासीनीले बिरामीको उपचारका लागि आएको पैसा सदुपयोग हुनेमा शंका व्यक्त नगर्न आग्रह गरे । बिरामीको उपचारको लागि सहयोग आएको रकम पारदर्शी ढंगबाट खर्च गरिने उल्लेख गर्दै डाक्टर मरासीनीले रकमलाई पारदर्शी बनाउन आर्थिक सहयोग गर्ने व्यक्ति र आर्थिक सहायता पाउने व्यक्तिको सम्पूर्ण विवरण वेब साइटमा राख्ने तयारी भएको बताए । 

हालसम्म उक्त कोषमा १० लाख रुपैयाँभन्दा बढी रकम संकलन भैसकेको मरासीनीको भनाई छ ।  

Last modified on 2017-08-09 14:04:34

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts