अध्यक्ष केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख

What's This?


Download our app to get more features

काठमाडौँ, ९ मङ्सिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ । 

बुधबार माइक्रोबस चढेर गौशालाबाट चावहिलतर्फ जाँदै गरेको अवस्थामा गौशालामा दुर्घटनामा परेको उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए । 

उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएका अध्यक्ष केसीको ढाड दुखेकाले चिकित्सकले फिजियोथेरापीका लागि सुझाव दिएका छन् भने अन्य अवस्था भने सामान्य रहेको बताइएको छ । 

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका ७६ वर्षीय नेता केसीको टाउको र ढाडमा चोट लागेको थियो । डा.अमित थापको समूह उनको उपचारमा संलग्न छ ।

-रासस 

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts