वीर अस्पताल  र भरतपुर अस्पतालमा ओपिडी सेवा बहिष्कार

What's This?


Download our app to get more features

काठमाडौँ, १४ मंसिर  । वीर अस्पतालका  आवासीय चिकित्सकहरुले डा.केसीको माग पूरा गर्न दवाव दिँदै आजदेखि ओपिडी सेवा बहिस्कार गरेका छन् । ओपिडी सेवा वहिष्कार पछी विरामीहरु प्रभावित हुन थालेका छन् । यसैबिच, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका आवासिय चिकित्सकहरुले चितनव स्थित भरतपुर अस्पतालमा पनि आकस्मिक बाहेकका सबै सेवा वहिष्कार गरेका छन् । आवासिय डाक्टरहरुले केसीको मागमा एक्वेबद्धता जनाउँदै आकस्मिक बाहेकका सेवामा सहभागि नहुने जानकारी दिएका छन् । 
आमरण अनशनरत डा. गोविन्द केसी नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले यसअघि शिक्षण अस्पतालको बहिरंग सेवा मंसिर १० गतेबाट बहिष्कार गरेका थिए । भने वहिष्कार जारी छ । अनसनरत डा. केसीको मागप्रति सरकार गम्भिर हुन नसकेको भन्दै एशोसिएसन आबद्ध चिकित्सकले  मेडिकल शिक्षा र समग्र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै  केसीको जीवनरक्षाका लागि शिक्षण अस्पतालको बहिरंग विभागमा सहभागी भएका छैनन् । अस्पतालमा सेवा वहिष्कारपछि अस्पताल पुग्ने गरेका विरामी फर्कन बाध्य छन् ।  
 

Last modified on 2016-11-30 08:38:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts