रुघाखोकी लाग्न नदिने यी १३ उपाय !

What's This?


Download our app to get more features

यो मौसममा रुघाखोकी, ज्वरोले धेरैलाई दुस्ख दिएको हुन्छ । यसले पूरै शरीर दुखाउनुका साथै सहज तरिकाले बस्न पनि दिँदैन । तर, हामीले यस्तो खानपान गर्‍यौँ भने यसबाट बच्न सकिन्छ ।

भिटामिन डीको कमीले श्वाससम्बन्धी संक्रमण हुन्छ । त्यसैले भिटामिन डी पाइने माछा खाऔँ । लसुनले एन्टिबायटिकको काम पनि गर्छ ।

एक अनुसन्धानअनुसार मंसिरदेखि फागुनसम्म लसुन खानु रुघाखोकी कम गर्नु हो ।

जापानमा गरिएको एक अध्ययनले दैनिक भिटामिन सी सेवन गर्नेलाई रुघाखोकी कम हुन्छ ।

त्यसैले सुन्तला, कागतीजस्ता फलफूल सेवन गरौँ ।

युनिभर्सिटी अफ भियानामा भएको एक सोधअनुसार प्रत्येक दिन २८ ग्राम दही खाँदा हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

खानासँग दैनिक एक टुक्रा रातो भेडेखुर्सानी सेवन गर्दा चिसोबाट बचाउँछ ।

सन् २०१२ मा गरिएको एक अध्ययनले प्रत्येक दिन एक गिलास गाईको दूध पिउँदा प्रशस्त भिटामिन डी पाइन्छ ।

जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

जाडोमा फिका चिया पिउँदा पनि राम्रो हुन्छ ।

रुघाखोकी लागेका वेला अदुवा सेवन गरे अपत्यारिलो तरिकाले फाइदा गर्छ ।

चिसोका कारण नाक बन्द भएको छ र श्वास लिन गाह्रो भएको छ भने सुपमा थोरै खुर्सानी मिसाएर पिउँदा ठीक हुन्छ ।

बिहान उठेर जौ–गहुँका खाद्य खाँदा पनि राम्रो हुन्छ । रुघाखोकी लागेमा चिकेन सुप बनाएर सेवन गर्दा शक्ति प्रदान हुन्छ । साथै, घाँटी दुखेको पनि निको हुन्छ । तातो पानीमा मह मिसाएर खाँदा रुघाखोकी निको हुन्छ, खानाको साथमा प्याज खानु राम्रो हुन्छ ।

नयाँ पत्रिका

Last modified on 2016-02-17 14:16:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts