स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतिलाई समाधान गर्न तयार छु : उपप्रधानमन्त्री थापा
नेपाल आँखा अस्पतालले मनायो ४२ औं स्थापना दिवस

Download our app to get more features
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतिलाई समाधान गर्न आफु तयार रहेको बताएका छन् ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको ४२ औं स्थापना दिवसको अवसरमा परराष्ट्रमन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतिलाई समाधान गर्न म सक्दो सहयोग गर्छु ।’
सस्तो र सुलभ रुपमा स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको अधिकार भएको मन्त्री थापाको भनाई छ । ‘स्वास्थ्य क्षेत्रका समस्यालाई सम्बन्धित ठाउँमा पु¥याउन आफ्नो तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु’ उनले भने ।
स्थापना दिवसको अवसरमा अस्पतालका संस्थापक डाक्टर रामकृष्ण पोखरेल, अस्पतालमा २५ वर्षभन्दा बढी सेवा पु¥याएका निजामति कर्मचारी, चित्रकला विशेषज्ञ हरि प्रसाद शर्मा लगायतलाई सम्मान गरिएको थियो ।




















हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।