जथाभावी 'सनग्लास' लगाउँदा अन्धो भइएला है ! (भिडियो सहित)



Download our app to get more features

काठमाण्डौ, २७ चैत्र । गर्मी सुरुभएसँगै बाहिर निस्कनै मुश्किल पर्ने गरि टन्टलापुर घाम लाग्छ । सडक र चोकगल्लीहरु धुलाम्मे हुन्छ । त्यसैले तपाइँ हामी मध्ये धेरैलाई सनग्लास लगाउने बानी परिसकेको छ । तर हामीलाई कस्तो चश्मा लगाउने भन्ने बारे त्यति धेरै जानकारी छैन । अझै हामीलाई त जथाभावी चश्मा लगाउँदा आँखाको ज्योती समेत गुम्न सक्छ भन्ने त सोचेका पनि छैनौं । चिकित्सकका अनुसार जथाभावी चश्माको प्रयोगले अन्धोपना समेत निम्त्याउन सक्छ । 
गर्मी मौसममा विभिन्न किसिमका आँखाका एलर्जी लगायतका विभिन्न समस्या देखिने गर्दछ । सनग्लास भनेको गर्मी मौसममा मात्र प्रयोग गर्ने गरिन्छ भन्ने मानसिकता छ । साधारणतया घामवाट आँखा बचाउन सनग्लास प्रयोग गर्ने गरिन्छ तर घाम नलागेको अवस्थामा पराबैजनी (यूभी रे ) किरण वाहिर प्रवाह भईरहेको हुन्छ । 
सनग्लास युभी प्रोटेक्टेट ए र बी गरी दुई थरीको हुन्छ । आँखा रोग विशेषज्ञ इरिना कंसाकार भन्छिन बजारमा जे पायो त्यही सनग्लास लाउँदा त्यसको नकरात्मक असर आँखामा पर्छ ।

 

युबी प्रोटेक्सन सनग्लास नभई कालोचश्मा मात्र किनेर लाउँदा सूर्यको किरण आँखामा पर्दा आँखाको नानी सानो हुन्छ । यसले क्यामराको डाईफ्रम जस्तै काम गर्दछ । घामको किरण वढी गयो भने ठुलो हुने र कम गयो भने सानो  हुने गर्दछ । धेरै कालोचश्मा लायो भने आँखाको नानी धेरै फुल्छ र घामको किरव वढी आँखामा छिर्ने डा. कंसाकारले भनिन् । घामको किरण आँखाभित्र नजाओस भनेर लगाउने हो तर युबी प्रोटेक्टेड चश्मा भएन भने आँखालाई नराम्रो असर गर्ने चिकित्सकको भनाइ छ । 
 

Last modified on 2017-03-30 16:44:16

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts