गर्भावस्थामा हुने मधुमेहले पार्ने असर



Download our app to get more features

हिला कहिले पनि मधुमेह नभएका महिला जसलाई गर्भावस्थामा मधुमेह भएको पाइएमा त्यसलाई गर्भावस्थामा हुने मधुमेह भनिन्छ । गर्भावस्थामा मधुमेह देखिनु असामान्य अवस्था हो । यसरी गर्भावस्थामा हुने मधुमेहलाई जेस्तेसनल मधुमेह भनिन्छ । कम उमेर मै मधुमेह हुने हुँदा आमा र पेटमा रहेको शिशुको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । साथै उसको गर्भमा रहेको बच्चालाई पछि गएर मधुमेह हुने सम्भावना २/३ गुणा बढी रहन्छ ।

 यो गर्भावस्थाको २४ देखि २८ हप्तामा देखापर्छ । विशेष गरी २८ हप्तामा धेरै देखिन्छ । धेरैजसो अवस्थामा बच्चा जन्मिएपछि सामान्यतया गर्भावस्थाको मधुमेह हराएर जान्छ । तर गर्भावस्थाको मधुमेह भइसकेका महिलालाई टाइप टु मधुमेह देखिने सम्भावना भने रहन्छ । यस्तो अवस्था १० वर्ष पछि देखा पर्नसक्छ तर, दक्षिण एशियाका महिलामा धेरै छिटो देखिएको छ । त्यसकारण सुत्केरीपछि पनि महिलाले जीवशैलीमा सुधार, खानपिन र व्यायाममा विशेष ध्यान दिन जरुरी छ । .

गर्भावस्थामा मधुमेह हुने कारण
गर्भावस्था भन्नासाथ महिलाहरु धेरै आराम गर्नुको साथै धेरै खाना खाने गर्छन् । खाना धेरै खाने र आराम गर्ने तर शारीरिक परिश्रम भने हुँदैन । शारीरिक परिश्रम कम हुँदा समस्या देखिन सक्छ । त्यसैले गर्भावस्था सुरु भएपछि खानपिन र व्यायाममा विशेष ध्यान दिनुपर्ने हुन्छ ।  

कसरी थाहा पाउने 
गर्भवती भएको २४ देखि २८ हप्तामा ७५ ग्राम चिनी र पानी घोलेर खाने र रगतमा चिनीको मात्रा जाँच्नु पर्छ । गर्भावस्थामा मधुमेह देखिए त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । यसले आमा र शिशुको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले तुरुन्तै मधुमेह विशेषज्ञसँग सल्लाह लिनु पर्छ ।

कसलाई हुन्छ गर्भावस्थामा मधुमेह

  • ३० वर्ष भन्दा बढी उमेरमा गर्भवती भएमा
  • परिवारका अन्य सदस्यलाई मधुमेह भएमा
  • मोटोपना बढी भएमा
  • जीवनशैली परिवर्तन भएमा
  • खानपीन तथा व्यायाममा ध्यान नदिएमा
  • पहिला पनि गर्भावस्थामा मधुमेह भइसकेको भएमा
  • महिनावारीमा गडबडी भएमा
  • हर्मोनको गडबडी भएमा 

उपचार
गर्भावस्थामा मधुमेह हुनु गम्भीर स्वास्थ्य स्थिति भएकाले यसको उपचार महत्वपूर्ण हुन्छ । यसको प्रमुख उपचार भनेको इन्सुलिन हो । इन्सुलिनको साथै कम मात्रामा औषधिको सेवन समेत गर्न सकिन्छ । जसले सुगरको मात्रा नियन्त्रण गरी शिशुलाई पर्ने असरबाट बचाउन सकिन्छ । आफ्नो जीवनशैली र आहार विहारमा विशेष ध्यान दिन सकेमा पनि मधुमेहलाई नियन्त्रणमा लिई इन्सुलिनको प्रयोग गर्नबाट पनि बच्न सकिन्छ । 

शिशुलाई पार्ने असर
गर्भावस्थामा भएको मधुमेहले शिशुलाई सिधै असर गर्ने हुन्छ । शिशुको शारीरिक बनावटमा असर गरी अपाँङ्ग हुने, शिशुको पोषण अत्याधिक भई तौल बढ्ने, शिशुको तौल बढी भएमा सुत्केरी हुन समस्या हुने, चोटपटक लाग्ने, समयभन्दा पहिलानै शिशुको जन्म हुने जस्ता समस्या देखा पर्छ ।

 साथै, जन्मने बित्तिकै शिशुको चिनीको मात्रा धेरैकम भएर बेहोस हुने, जन्डीस हुने, श्वासप्रश्वासमा समस्या देखिन सक्छ ।

बच्ने उपाय
विश्वमा मधुमेह बढिरहेको अहिलेको सन्र्दभमा गर्भवतीमा पनि मधुमेहको मात्रा बढ्दै गएको पाइन्छ । गर्भावस्थामा मधुमेह हुनु गम्भीर स्वास्थ्य स्थिति हो । जति ध्यान मधुमेहलाई दिइएको छ त्यती नै गर्भावस्थामा हुने मधुमेहलाई दिन सकिएको छैन । त्यसैले डायवेटिज इन्डोक्ल्याइण्ड एसोसियसन अफ नेपालले साउथ एशिया फेडेरेशन अफ इन्डोक्ल्याइण्ड सोसाइटिज्सँग मिलेर अवको दुई वर्ष गर्भावस्थाको मधुमेहको बारेमा जनचेतना जगाउने संकल्प गरेको छ । 

गर्भावस्थामा मधुमेहलाई नियन्त्रण गर्न खानामा विशेष ध्यान दिन जरुरी मानिन्छ । यस्तो अवस्थामा ब्राउन राईस, ओट्स, जुसको सट्टा ताजा फलफुन खाने, रातो मासुको सेवन नगर्ने, नतारेको तरकारी तथा चिल्लो कम गर्नु पर्छ । साथै नियमित रुपमा व्यायाम गर्नु पर्छ । 

 

Last modified on 2016-12-08 17:31:12

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts