ट्याटु खोप्नु भएको छ ? जण्डिस होला है ! (भिडियो सहित)

जण्डिसबाट जोगिन खानेपानीमा ध्यान दिनुहोस्



Download our app to get more features

काठमाण्डौ ,२७ चैत्र । जन्डिस बारे थाहा नसुनेका मानिस सायदै कम होलान् । आँखा लगायत शरीरका विभन्नि अंग पहेलो देखिनुलाई जन्डिस अर्थात पहेंल नामले समेत चिनिन्छ ।
तर, जन्डिस आफैमा रोग नभई लक्षण मात्र हो । गर्मी महिला लागेसँगै यस्तो समस्या धेरै व्यक्तिमा देखिन्छ । हेपाटाइटिस ए, बी, सी, डी, इ, हुँदा कलेजोमा संक्रमण हुन्छ । जसको लक्षण स्वरुप जण्डिस देखापर्छ । 
कलेजो रोग विशषज्ञ डा.अनन्त श्रेष्ठका अनुसार  आँखा, छाला र मुखभित्र पहेलो हुनु जन्डिस हो । साधारणतया रगतमा जन्डिस देखा पर्ने तीन विशेष अवस्था हुन्छ । रगतको रातो कण अत्याधिक नष्ट भएर धेरै विलिरुविन निश्काशन भइ कलेजोले त्यसलाई लिन नसक्ने अवस्था सिर्जना हुन्छ ।
शरीरमा भएको विलिरुविन भन्ने तत्व बढेर कलेजोले सहि तरीकाले फाल्न नसक्दा शरीर पहेलो भइ जन्डिस देखापर्छ । जन्डिस हुन एकमात्र विशेष कारण हुदैन हेपाटाइटिस ए, बी, सी, डी, इ, र कलेजो सुनिने जस्ता रोग कारण हुनसक्छन् ।  तसर्थ यी मध्ये कुन अवस्था हो भनेर हेरेपछिमात्र जण्डिस कस्तो हो भनेर छुट्याउन सकिने चिकित्सक बताउँछन् । 

 

हेपाटाईटिस ए,बी,र इ बाट हुनसक्ने जन्डिसबाट बच्न दुषित पानी नपिउने, शरीरका बिभिन्न भागमा ट्याटुहरु नखोप्न, सुरक्षीत यौनसम्पर्क गर्न चिकित्सकले सुझाव दिएका छन् । गर्मी मौसममा दिशाका कण (कोलीफर्म) पानीमा मिसिन्छ जसको सेवनले मानिसमा कलेजोको संक्रमण सुरु हुन्छ । 
जन्डिस भएमा मुख बार्न पर्छ भन्ने भ्रम छ । यस्तो अवस्थामा खाना खान होशियारी गर्नुभन्दा प्रोटिन युक्त भोजन गर्नुपर्ने चिकित्सकको सुझाब रहेको छ । जण्डिस बिग्रेला भनेर खाना नखाँदा शक्ति कम भई रोग प्रतिरोधात्मक क्षेमतामा समेत ह्रास आउने चिकित्सकको भनाइ छ । 

Last modified on 2016-04-09 14:41:51

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts