पाँचवर्ष मुनिका बच्चालाई जाडोबाट कसरी जोगाउने ?



Download our app to get more features

काठमाडौं उपत्यका लगायत देशभर विस्तारै चिसो बढिरहेको छ । अझै तराईका क्षेत्रमा त शीतलहर समेत सुरु भैसकेको छ । चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या पनि देखिने गर्छन । जाडो मौसममा विशेषगरी रुघाखोकी, स्वास प्रस्वासका बिरामीको संख्या उल्लेखीय बढेको पाइन्छ । 

चिसोले विशेषगरी बालबालिका र वृद्धवृद्धामा धेरै असर पार्छ । तर आज हामी बालबालिकाको विषयमा चर्चा गर्दैछौं । जाडो मौसममा बालबालिकालाई विशेषगरी श्वासप्रश्वासको समस्या देखिने हुँदा सचेत हुनुपर्छ । चिसोका कारण बालबालिकामा श्वासप्रश्वास सम्बन्धी समस्याहरु रुघाखोकी, निमोनिया जस्ता समस्या बढी देखिन्छ । जाडो मौसममा बालबालिकामा रोगसँग लड्ने क्षमता कमजोर हुने हुँदा विशेष ध्यान दिनुपर्ने हुन्छ  । 

बालबालिकालाई हामी दुई बर्गमा विभाजन गरेर हेछौं । दुई महिना भन्दा कम र दुई महिना भन्दा माथीका बालबालिका । 
दुई महिना भन्दा कमका बच्चाहरु नवजात शिशुलाइ नवजात शिशुको वर्गमा राखिन्छ । उनीहरुलाई जाडो मौसममा शिताङ्गपना हुने सम्भावना अत्याधिक रहेको हुन्छ । जसलाई मेडिकल भाषामा हाइपोथर्मिया भनिन्छ । जाडो मौसममा यो नवजात शिशुमा मृत्युका कारक तत्वको रुपमा समेत रहेको हुन्छ । नवजात शिशुको लागि यो समय संवेदनशिल भएको हुँदा दुई महिनाभन्दा कम उमेरका बच्चालाई चिसोबाट बचाउन विशेष ध्यान दिनु पर्छ । 

दुई महिना देखि पाँच बर्षसम्मका बालबालिकामा श्वास प्रश्वासको समस्या धेरै रहेको पाइन्छ । जसलाई अक्युट ब्रोङ्गकोलाइटिस भनिन्छ । यो आरएसभी (रेस्पेटरी सिन्साइडियर भाइरस) नामक भाइरसका कारण देखिन्छ । जसले गर्दा श्वास प्रश्वासमा समस्या देखिन्छ । 

जाडो मौसममा विशेषगरी चिसोबाट बचाउन बालबालिका लाई गुम्साउनेगरी कपडा लगाएदिने गरिन्छ । यसो गर्नु बालबालिकाका लागि त्यति फाइदाजनक मानिदैन । यसरी कपडा गुम्साएर राख्दा पसिना आउने र सोही पसिना चिसो भएर स्वास्थ्य समस्या देखा पर्न सक्छ । यदि बालकालिकामा पसिना आएमा भित्री कपडा परिवर्तन गरिदिनु पर्छ । 

रुघाखोकीबाट सुरु भई विस्तारै बच्चामा स्वाँ स्वाँ गर्दै सास फेर्न समस्या हुन्छ । यसको साथै ज्वरो पनि आउने हुन्छ । ज्वरो आएर ब्रोङ्गको निमोनीया हुन्छ । यो बच्चामा देखिने कडा खालको निमोनिया हो । यस्तो समस्या देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
 
यस बाहेक जाडो मौसमको सुरुवातदेखि बालबालिकामा रोटा भाइरलका कारण संक्रमण हुनसक्छ । यसबाट बचाउने सरसफाइमा विशेष ध्यान दिन जरुरी हुन्छ । 
झाडापखाला भई पानी जस्तो पातलो दिसा हुन्छ । जसका कारण बालबालिकामा जलवियोजनको समस्या समत देखा पर्न सक्छ । यदि जलवियोजन भएमा बच्चाको आँखा धसिने, जिब्रो सुख्खा हुने, तालु धसिने, पिसाब कम गर्ने जस्ता लक्षण देखा पर्छ । यस्तो अवस्थामा एक प्याकेट जीवन जल एक लिटर पानीमा घोलेर खुवाउन पर्छ । उक्त जीवन जल २४ घण्टा भित्र बच्चालाई दिइ सक्नुपर्छ । 


बालबालिकालाई जाडोमा कसरी स्याहार गर्ने

जाडो मौसममा बालबालिकालाई ध्यान नदिँदा धेरै स्वास्थ्य समस्या देखा पर्न सक्छ । केही साधारण कुरामा मात्र ध्यान दिने हो भने पनि बालबालिकालाई धेरै रोगबाट सहजै बचाउन सकिन्छ । तर, तिनै हामीले साधारण कुरा भनेर ध्यान दिएका हँुदैनौ । जसका कारण बालाबलिकालाई चिसोबाट बचाउन प्रयास गर्दा पनि विभिन्न स्वास्थ्य समस्या देखा परिरहेको हुन्छ ।

चिसोबाट बचाउन बालबालिकालाई घाममा राख्नु पर्छ । घाममा राख्ने भन्दैमा बिहानको चिसो समयमा भने राख्नु हुदैन । घाममा पािरलो घाम लाग्ने समय बिहान १० बजेदेखि १ बजेसम्मको अवधिमा राख्नु पर्छ । साथै घाममा राख्दा तेल लगाइदिनु बालबालिकाका लागि धेरै लाभदायक मानिन्छ । 
 

बच्चालाई न्यानो पार्ने तर नगुम्साउनेः जाडो मौसममा विशेषगरी चिसोबाट बचाउन बालबालिका लाई गुम्साउनेगरी कपडा लगाएदिने गरिन्छ । यसो गर्नु बालबालिकाका लागि त्यति फाइदाजनक मानिदैन । यसरी कपडा गुम्साएर राख्दा पसिना आउने र सोही पसिना चिसो भएर स्वास्थ्य समस्या देखा पर्न सक्छ । यदि बालकालिकामा पसिना आएमा भित्री कपडा परिवर्तन गरिदिनु पर्छ । 

कोठाको तापक्रममा ध्यान दिनेः रातीको समयमा कोठाको तापक्रममा ध्यान दिनु पर्छ । सकभर कोठाको तापक्रम १५ देखि २० डिग्रीसम्म राख्नु पर्छ । कोठामा बाक्लो पर्दा लगाउने, हिटर बाल्ने गर्नुपर्छ । विद्युतको हिटर राम्रो मानिन्छ तर, यदि केरोसिनको हिटर बालेमा भेन्टिलेसन राख्नु पर्ने हुन्छ ।

 

नवजात शिशुको लागिः नवजात शिशुको लागि आमाको छातीमा टाँसेर राख्ने । जसलाई कङ्गारु मदर केयर भनिन्छ । 

झोलिलो खाने कुरा खान दिनेः जाडो मौसममा बालबालिका लाई तातो झोलिलो खानेकुरामा जोड दिनुपर्छ । जाडो मौसममा फलफूलले चिसो हुन्छ भन्ने भ्रम मात्र हो । तर, चिसो समयमा भने फलफूललाई तातो पानीले धोएर वा तातो पानीमा डुवाएर खुवाउन सकिन्छ ।
 
घाममा राख्नेः चिसोबाट बचाउन बालबालिकालाई घाममा राख्नु पर्छ । घाममा राख्ने भन्दैमा बिहानको चिसो समयमा भने राख्नु हुदैन ।

घाममा पािरलो घाम लाग्ने समय बिहान १० बजेदेखि १ बजेसम्मको अवधिमा राख्नु पर्छ । साथै घाममा राख्दा तेल लगाइदिनु बालबालिकाका लागि धेरै लाभदायक मानिन्छ । 

 

(सह प्रा. डा. मानन्धर काठमाण्डौं मेडिकल कलेजका बाल रोग विशेषज्ञ हुन् ।) 

Last modified on 2016-12-10 11:47:36

2 Comments

  1. thank you for the good suggestion.

  2. Thanks for doctor........


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts