चिसोका कारण सिरहामा रुघाखोकी र निमोनियाका विरामी बढे

What's This?


Download our app to get more features

लहान,२७ मंसिर । मौसम परिवर्तन भई एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सिरहा लगायत अन्य तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै जान थालेको छ ।

अत्यधिक चिसोका कारण सिरहा जिल्ला अस्पतालसहित स्वास्थ्य संस्थामा दम, रुघाखोकी र निमोनियालगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् । शीतलहर सँगै चिसो बढ्न थालेपछि लहान बजारमा चहलपहल घट्नुका साथै स्थानीयलाई घरबाट बाहिर निस्कन समेत कठिनाई भइरहेको प्राप्त समाचारमा जनाइएको छ ।

चिसोकै कारण सवारी साधनमा यात्रुको चाप घटेको छ भने विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि न्यून देखिन थालेको छ । –राससको सहयोगमा   

Last modified on 2016-12-12 14:49:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts