भूकम्प पछिको अत्याधिक त्रासले मानसिक समस्या ल्याउन सक्छ : मनोविज्ञ

What's This?


Download our app to get more features

चैत्र, २७ काठमाण्डौ । भूकम्पपछि त्रसित भएर भाग्दा गम्भीर मानसिक समस्या उत्पन्न हुनसक्ने चिकित्सकहरुले बताएका छन् । 
ललितपुरको भैंसेपाटीलाई केन्द्र पारी साँझ ७ बजेर पाँच मिनेटमा ४ दशमलम ५ रेक्टरको भूकम्पको धक्का महशुस भएसँगै त्रसित भएकाहरुलाई चिकित्सकले धेरै नआत्तिँन सुझाव दिएका छन् । हाम्रो डाक्टरसँग कुरा गर्दै वरिष्ठ मानसिक तथा मनोरोग विशेषज्ञ डाक्टर सरोज ओझाले भूकम्पपछिको त्रसित मानसिकतामा धरैको दिमाग शून्यतामा पुग्ने बताउनुभयो । 'शून्यताबाट सामान्यमा आउन समय लाग्छ यो बीचमा मानिसले सकेसम्म धैर्य गर्नुपर्छ' उहाँले भन्नुभयो । कमजोर आँट भएकालाई यस्तो अवस्थाले लामो समयसम्म डर लागिरहने हुन सक्ने डाक्टर ओझाको भनाइ छ । यसलाई चिकित्सा विज्ञानको भाषामा 'पोष्ट ट्रमाटिक मेन्टल डिसअर्डर' भनिन्छ ।
भूकम्प आएसँगै आँत्तिएर भाग्दा मानसिक रुपमा मात्र नभै शारीरिक चोटसमेत लाग्ने भएकाले धैर्यता कायम गर्न चिकित्सकहरुले सुझाएका छन् ।   

Last modified on 2016-04-10 06:20:06

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts