होमियोप्याथी चिकित्सा पद्धतीप्रति बिरामीको आकर्षण बढ्दो (भिडियोसहित)
सन्दर्भः विश्व होमियोप्याथी दिवस

काठमाण्डौं, २८ चैत्र । विश्वका चिकित्सा प्रणालीहरुमध्ये होमियोप्याथिक चिकित्सा प्रणाली पनि एक पद्दती हो । सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्दती संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्म जयन्ती १० अप्रिललाई विशेष उत्सवको रुपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ । विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्दती लाभदायक हुने चिकित्सकहरु बताउँछन् ।
होमियोप्याथिक उपचार जर्मनीबाट सुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान, बंगलादेश, श्रीलका र नेपाल भित्रिएको हो । नेपालमा यो पद्दति राणाकालमै भित्रिएपनि सरकारी स्तरमा वि स. २०१० मा मात्र सुरुवात भएको हो ।
होमियोप्याथिक उपचार पद्दती अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुने एकमात्र सरकारी स्वामित्वको पशुपति होमियोप्याथिक चिकित्सालयका डा. प्रेमनारायण श्रीवास्तबले बताए । होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।
यसको प्रभावकारी उपचारका कारण हरेक वर्ष होमियोप्याथी उपचार गर्ने बिरामीको संख्या उल्लेख्य रुपमा बढेको विशेषज्ञहरु बताउँछन् । हरिहरभवनमा रहेको पशुपति होमियोप्याथिक चिकित्सालयमा ३ जना मात्र चिकित्सकले सेवा प्रदान गर्दै आएका छन् । जसका कारण बिरामीले उपचारका लागि काठमाण्डौसम्म आउनु पर्ने बाध्यता छ ।
डा. श्रीवास्तव भन्छन् ‘होमियोप्याथी अस्पताल नेपालका अन्य स्थानमा पनि खोल्नुपर्छ, जसले बिरामीलाई उपचारका लागि काडमाडौंसम्म आइराख्नु पर्दैन ।’
उपचार पद्दती केन्द्रिकृत हुँदा हाल नेपालबाट भारतका विभिन्न स्थानमासमेत गएर बिरामीले होमीयोप्याथिक उपचार पद्दती लिरहेका छन् ।
1 Comments
-
मैले यस होमियोप्याथी चिकित्सा को बारे पत्रकारिता मा पढेको थिए राम्रो लाग्यो।मेरा पनि टाउको चिलाउने टाउकोमा दाद जस्तो फुस्रो देखिन्छ एकदमै कपाल झर्छ मैले कस्तो अौषधी प्रयोग गर्न पर्छ होला
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।