मौसमी रुघाखोकी

What's This?


Download our app to get more features

काठमाडौं । गर्मी बढ्न थाले पनि राजधानीलगायत मुलुकका अन्य भागमा मौसमी रुघाखोकीको प्रकोप अझै देखिएको छ ।

‘राजधानी मात्र नभएर देशैभर मौसमी रुघाखोकीका प्रकार स्वाइन फ्लु, इन्फ्लुएन्जा बी र एच३ एन२ अझै देखिएको छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। गीता शाक्यले भनिन्, ‘यसअन्तर्गत सबैभन्दा बढी एच३ एम२, त्यसपछि स्वाइन फ्लु र इन्फ्लुएन्जा बी देखिएको छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’ र ‘सी’ गरी ३ प्रकारका हुन्छन् । ‘ए’ भाइरसका विभिन्न उपप्रकारमध्ये हाल ‘एच३ एन२’ र ‘एच१ एन१’ मानिसमा फैलिरहेको छ । विशेषज्ञका अनुसार ५ वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, दम, फोक्सोका समस्या, अंग प्रत्यारोपण गराएका, क्यान्सर उपचार गराइरहेका, रोग प्रतिरोधक क्षमता कम भएकाहरू रुघाखोकीका जोखिम समूहअन्तर्गत पर्ने भएकाले त्यस्ता व्यक्तिले विशेष ध्यान दिनुपर्छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दिनहुँ उपचारका लागि आउनेमध्ये स्वाइन फ्लु,, एच३ एन२ र इन्फ्लुएन्जा बीका समस्या लिएर आउने उल्लेख्य रहेको डा। शेरबहादुर पुनले बताए । रुघाखोकी उत्पन्न गर्ने यी भाइरसको प्रसार आक्रामक रूपले जारी रहेको उल्लेख गर्दै डा। पुनले भने, ‘केही अस्पतालका आईसीयूमा समेत यो संक्रमणले ग्रस्त
बिरामी छन् ।’

दैलेख, अछाम र दोलखामा रुघाखोकीको समस्या देखिएपछि बिरामीको नमुना परीक्षण गर्न हालै केन्द्रीय प्रयोगशाला पठाइएको थियो । तीनै ठाउँबाट ल्याइएका नमुनामा समेत एच३ एन२ देखिएको छ । हाल देखिएको रुघाखोकीको समस्या गर्मी लागेपछि कम हुने आंैल्याउँदै डा। शाक्यले भनिन्, ‘बीच–बीचमा एक्कासि मौसम परिवर्तन भएर चिसो कायम रहने स्थितिले गर्दा यो समस्या लम्बिएको छ ।’

डा पुनले रुघाखोकीमा असामान्यता वा बिरामीले असहज अनुभव गरे चिकित्सकको सहयोग लिन सुझाव दिए । ‘रुघाखोकी देखिएका व्यक्तिको सम्पर्कबाट बच्ने प्रयास गर्नुस्,’ उनी भन्छन् ।

विज्ञहरूले मुलुकमा गर्मी नलागेसम्म अर्थात् फ्रेबुअरी महिनाको अन्त्यसम्म मौसकी रुघाखोकी देखिन सक्ने जनाएका छन् ।

रुघाखोकीको भाइरस मुख्य रूपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने पानीका स–साना कणहरूको माध्यमले वातावरणमा फैलिएर अन्य स्वस्थ व्यक्तिलाई संक्रमित पार्छ । रुघा प्रभावितको एक मिटरको दूरीमा रहेका अन्य व्यक्तिलाई सर्ने सम्भावना सबैभन्दा बढी हुन्छ ।

कान्तिपुर

Last modified on 2016-02-18 09:10:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts