शल्यक्रियापछि संगीत उपयोगी

What's This?


Download our app to get more features

फाल्गुन १, २०७२- हालै एउटा अध्ययनले शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका बिरामीहरूको क्लिनिकल उपचारको लागि संगीतको उपयोगी हुन सक्ने दाबी गरेको छ ।

मेडिकल जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित अध्ययनअनुसार वयस्क बिरामीमा शल्यक्रियापछि गुणस्तरीय स्याहारभन्दा बढी कुनै पनि प्रकारको संगीत बढी प्रभावकारी हुन्छ ।

संगीतले सम्बन्धित बिरामीले यसो गर्दा अस्पतालमा कति कम दिन बिताउनुपर्छ भन्नेचाहिँ सुनिश्चित गर्दैन । अध्ययनको दाबीअनुसार, सुरक्षित र न्यून खर्चको यो प्रक्रियाअन्तर्गत बिरामीको पीडा र व्यग्रतालाई कम गर्न संगीतको उपयोग सफलतापूर्वक गर्न सकिन्छ ।

यसअघि भएका थुप्रै अध्ययनले संगीतमा पीडानाशक गुणका साथै रोग न्यूनीकरण क्षमता हुन्छ भन्ने देखाएका छन् । चिकित्सकका अनुसार, शल्यक्रियापछि संगीतले बिरामीमा सुधार ल्याउने लक्षणचाहिँ पहिलोचोटि पत्ता लागेको हो ।

यो अध्ययन परिणामअनुसार, संगीतले शल्यक्रियापछि दुखाइ र तनाव मात्र कम गर्दैन, बिरामीलाई सन्तोषी पनि बनाउँछ ।

कान्तिपुर दैनिकमा समाचार छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts