मस्तिष्कघात वा स्ट्रोकबाट कसरी बच्ने ?(भिडियो सहित)



Download our app to get more features

छिल्ला वर्षहरुमा नेपालमा मात्र नभएर विश्वभरीनै स्ट्रोक अर्थात मश्तिष्कघातका बिरामीबढिरहेका छन् । चिसोको समयमा मश्तिष्कघातको समस्या केही बढी देखिन्छ । के हो मस्तिष्कघात वा स्ट्रोक? यसबाट कसरी बच्ने ? वरिष्ठ नशा रोग विशेषज्ञ डा. अविनास चन्दसँग गरिएको कुराकानी :

के हो, मस्तिष्कघात वा स्ट्रोक ? 
मश्तिष्कमा स्वचालित रुपमा  रगत प्रवाह हुन अवरोध भएपछि देखा पर्ने समस्या नै स्ट्रोक वा मस्तिष्कघात हो । रगतको सहायताले नै मस्तिष्कका कोशिकाहरुमा अक्सिजन पुग्छ । र मस्तिष्कले काम गर्छ । यही अवस्थामा रगत प्रवाहमा कुनै समस्या(नशा फुट्ने, फुल्ने) आयो भने मस्तिष्कका कोशिकाहरु मर्छन् र मस्तिष्कघात हुन्छ ।

दुई कारणले मस्तिष्कघात हुन्छ :
१. मस्तिष्कमा रगतका नशा फुटेर हुन्छ । जसलाई ब्रेन ह्यामरेज भनिन्छ ।
रगतको नशा फुटेर हुने ह्यामरेजको प्रमुख कारण नै उच्च रक्तचापर यसको औषधि सेवनमा गर्ने लापर्वाही हो ।
२.मस्तिष्कमा रगतका नशा बन्द भएर हुन्छ । जसलाई इनफाक्सन भनिन्छ ।
विलाशी जीवनशैली, अस्वस्थकर खानपान, दीर्घरोग भएका व्यक्ति (मधुमेह, उच्च रक्तचाप ) अनियन्त्रित तौल, धुमपान, मध्यपान नै ब्रेन ह्यामरेजको प्रमुख कारण हुन् ।

 मश्तिष्कघातका लक्षण :
प्रायजसो मस्तिष्कघात एकै पटक देखा पर्छ । तर केही दिन पहिले देखिनै आँखाको दृष्टि कमजोर हुने, एक पाटो चल्लन छाड्ने, पुनः चले जस्तो हुने, सहनै गाह्रो भए जसरी टाउको दुख्ने, रिंगटा लाग्ने, बेहोस हुने, बोली लटपटिने, प्यारालाइसिस हुने ।

यो रोग लागेपछि बिरामी पुरानै अवस्थामा स्वस्थ रहन सक्दैन । कुनै न कुनै समस्या (मुख टेडो हुने, स्पष्ट बोल्न नसक्ने, आँखाको दृष्टि कमजोर हुने आदि )  रहिरहन्छ । पक्षघातको सम्भावना पनि बढी हुन्छ । यो रोग निकै खतरायुक्त रोग हो । बेलैमा गुणस्तरीय उपचार भएन भने बिरामीको मृत्यु समेत हुनसक्छ ।

उच्च जोखिममा रहन्छन् ,यी व्यक्ति :
सबै उमेर समुहका व्यक्तिमा यो रोग देखिए पनि, विशेष गरेर ४५ वर्ष कटेका मानिसमा बढी देखिन्छ । त्यस्तै उच्च रक्तचाप, मुटुरोग , मधुमेह भएका, बढी तौल भएका र वंशाणुगत गुण भएका ।
मस्तिष्कघात भएपछि ५० प्रतिशत मानिसको मृत्यु तत्काल हुन्छ । र अस्पताल पुगेकालाई पनि ५० प्रतिशतलाई मात्र बचाउन सकिन्छ । उच्च रक्तचाप भएकालाई ३५ प्रतिशत मस्तिश्कघात हुने खतरा हुन्छ ।

मस्तिष्कघात हुनबाट बच्ने उपाय:
क)  रक्तचाप नियन्त्रणमा राख्ने ।
ख) मुटुरोग, मधुमेह हुनबाट बच्ने । 
ग) स्वस्थ खानपान ।
घ) धुम्रपान, मध्यपान नगर्ने ।
ड) तौल नियन्त्रणमा राख्ने ।
च) मस्तिष्कघातका कुनै लक्षण देखिए चेक जाँच गराउने ।
छ) टाउको दुखे वा कुनै पनि रोग लागे अनुमान र अरुले भनेको भरमा औषधि सेवन नगर्ने । 
ज) उच्च रक्तचाप भएकाले नियमित चेकजाँच गराउनका साथै औषधि सेवन गर्ने ।

भिडियो हेर्नुस्

Last modified on 2017-01-17 12:33:40

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts