भरतपुर अस्पतालले गर्यो स्वागत 

What's This?


Download our app to get more features

चितवन ५, माघ । भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष राजकुमार राजभण्डारीलाई एक अस्पताल प्रशासनले कार्यक्रम गरी स्वागत गरेको छ ।

चितवनका युवा राजनीतिज्ञ राजभण्डारी गत पौष २५ गते स्वास्थ्यमन्त्री गगन थापाको मन्त्रीस्तरीय निर्णयका आधारमा भरतपुर अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै अध्यक्ष राजभण्डारीले अस्पतालमा सरोकारवाला सबै पक्षसँग आवश्यक परामर्श प्रभावकारी योजना बनाएर कार्यान्वयामा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राजभण्डारीले पूर्वाधार बिना बिरामीको उपचार गर्न कठिन हुने भन्दै भौतिक उपकरणहरुको व्यवस्थाका लागी समेत ठोस काम अघि बढाउने जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रुद्रप्रसाद मरासिनीले भरतपुर अस्पताल अहिले अवसर र चुनौतीको दोसाधमा उभिएको भन्दै काम गर्न नसके अस्पताल नै धरासयी हुने बताए ।
उनका अनुसार अस्पतालले छिट्टै ओपिडी सेवा बिस्तार गरी दिउसो ४ बजेसम्म पुरयाउन लागेको भन्दै त्यसका लागी सहयोग गर्न र तयार रहन सबैसँग अनुरोधसमेत गरेका छन् ।

कार्यक्रममा भरतपुर अस्पतालका निवर्तमान अध्यक्ष विजय सुवेदी, अस्पतालका निमित्त मेट्रोन मिरा अधिकारी, डा.दामोदर तिवारी, अस्पताल विकास समिति कर्मचारी युनियनका सचिव बिष्णुप्रसाद वास्तोला लगायतले बोल्नुभएको थियो । 
 

Last modified on 2017-07-04 14:56:11

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts