बाथ रोग के हो ?कसरी बच्ने ? (भिडियो सहित)



Download our app to get more features

पाईंलाई हड्डी वा जोर्नी दुख्ने समस्या छ ? छ भने सचेत हुनुहोस् , कतै तपाइलाई बाथ रोग लागेको त छैन् ? बाथ रोग के हो र कसरी बच्ने ? बाथ रोग विशेषज्ञ डाक्टर दीपा शाहसँग गरिएको कुराकानीः

बाथ रोग के हो ?
बाथ भन्नाले एउटा मात्र रोगलाई बुझिँदैन । यद्यपी साधारण भाषामा भन्दा हड्डी वा जोर्नी दुख्ने, सुनिने रोग नै बाथरोग हो । बाथ शरीरका जुनसुकै अंगमा पनि लाग्न सक्छ ।

बाथ रोग कति प्रकारका हुन्छ ?
बाथ नेपालमा मात्र नभएर विश्वभरीनै धेरैलाई लाग्ने रोग हो । बाथ रोग धेरै प्रकारका हुन्छन् । अहिलेसम्मको तथ्याड्क अनुसार बाथ रोग १०० भन्दा बढी प्रकारका छन्  ।

नेपालमा अधिकाशंमा ४ प्रकारका बाथ रोग पाइन्छ:
१. हड्डी खाने बाथ रोग ।
२. मांशपेशी खाने बाथ रोग ।
३. मुटु खाने बाथ रोग र
४. नशा खाने बाथ रोग ।
मांशपेशी खाने, मुटु खाने र नशा दुख्ने बाथ रोगीहरुको तुलानामा  हड्डी खाने बाथ रोग बढी पाइन्छ । यसमा  हड्डी वा जोर्नी दुख्ने,जोर्नीहरु कट्कट्ती दुख्ने, सुनिने , चिलाउँने आदि समस्या देखिन्छ ।

बाथ रोगका लक्षण :
१.जोर्नी दुख्ने, सुनिने ।
२.कसैलाई शरीरको पुरै भाग दुख्छ त कसैलाई आधा भाग दुख्ने ।
३.शरीरमा निला, राता,  डाम देखा पर्ने ।(नेपालमा अझै पनि काँही काँही यस्ता निलडामलाई बोक्सीले चुसेको भन्ने अन्धविश्वास रहेको छ )
४.घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पइताला झम्झमाउने वा दुख्ने ।
५. हड्डी सुनिने ।
६. जतिखेरै जाडो भए जस्तो वा मुटु कामे जस्तो हुने ।
७.श्वास फेर्न गाह्रो हुने ।
८. गर्भ तुहिने ।
९. खोकी लाग्ने, कसै कसैलाई खकारमा रगत पनि देखा पर्छ ।
१०. चिसो पानीमा हात राख्दा हातको छालाको सेतो हुने । छाला बिस्तारै बिस्तारै तन्किदै जाने र कडा हुने ।

चिकित्साशास्त्रमा बाथरोग लाग्ने मूख्य कारण र बच्ने उपाय अहिलेसम्म खासै पत्ता लागेको छैन् । बंशाणुगत गुणले पनि बाथरोग लाग्न सक्छ ।  बाथ रोगले चिसो याममा बढी सताउने गर्दछ ।
अस्वस्थ खानपान, विलासी जीवनशैली र कुलतबाट टाढै रहे बाथ रोगबाट केही हदसम्म जोगिन सक्छ ।

बाथरोग हेर्दा सामान्य भए पनि यसको बेलैमा उपचार गर्न सकिएन भने, गम्भीर अवस्था निम्तन सक्छ । 
बाथ रोगको उपचार भनेकै बाथलाई थप बढ्न नदिने हो । यो रोग लागि सकेपछि पूर्ण निको पार्न सकिदैन् । तर चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्दा कम गर्न भने सकिन्छ ।

भिडियो हेर्नुस्

Last modified on 2017-07-04 14:52:31

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts