वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रै दुई जनाद्वारा आत्महत्या

What's This?


Download our app to get more features

धरान, ९ माघ ।  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरबाट पीडित एक बिरामी र अर्का एक बिरामी कुरुवाले आत्महत्या गरेका छन् ।

लामो समयदेखि घाँटिको क्यान्सरबाट पीडित मोरङ सिजुवा घर भएर प्रतिष्ठानकै प्रशासनका कर्मचारी रहेका ५३ वर्षीय गंगा भट्टराई र झापाको तोपगाछि–२ बस्ने ३३ वर्षीय दुर्गा बराइलीले आत्महत्या गरेका हुन् ।
प्रतिष्ठान स्रोतका अनुसार  भट्टराई  क्यान्सर पिडित भएको र बराईली आफ्नो आमा फूलमाया विकको स्तन क्यान्सरको उपचार गराइरहेका थिए । 

प्रहरीका अनुसार  भट्टराईले भारतको विभिन्न अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा पनि उपचार गराइरहेका थिए । तीनदिन अघिमात्र प्रतिष्ठानको पेइङ वार्डमा भर्ना भएका भट्टराईले आइतबार बिहान साढे तीन बजे पेइङ वार्डको विल्डीङको झ्यालबाट हाम्फालेर आत्महत्या गरेको हुन् ।प्रहरी र आफन्तले क्यान्सरको पीडा सहन नसकेर आत्महत्या गरेको अनुमान गरेका छन् ।

त्यस्तै प्रतिष्ठानभित्रै भट्टराई भन्दा करिब ५ घण्टाअघि आत्महत्या गरेका बराइली  स्तन क्यान्सरको उपचार गराइरहेका आमाको कुरुवा बसेकी थिइन् ।सर्जरी वार्डमा आमासँगै कुरुवा बसेकी बराइलीले शनिबार राति साढे १० बजे आत्महत्या गरेको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार उनी प्रतिष्ठानको सर्जरी वार्ड २ नजिकै रहेको दन्त महाविद्यालयको पछाडिको र्भयाङ्गमा डोरीको पासो बनाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु दुवैको आइतबार विहान नै पोष्टमार्टम भइसकेको छ ।

-फाईल तस्वीर

Last modified on 2017-07-03 14:37:21

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts