यात्रुबहाक बस पल्टिँदा १९ जना घाइते

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार

What's This?


Download our app to get more features

चितवन, १२ माघ । पश्चिम चितवनको पटिहानीमा आज मध्यान्ह यात्रुबहाक बस पल्टिँदा १९ यात्रु घाइते भएका छन् । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेका छन् । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

जितपुरबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६८२३ नं को बस भरतपुर उपमहानगरपालिका– २७ जगतपुर टाउनमा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको हो । बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

-रासस/फाईल तस्वीर

Last modified on 2017-07-03 13:59:35

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts