जानिराखौं छारे रोगबाट बच्ने उपाय (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, २ वैशाख । तपाईंको घरका कुनै सदस्यमा अचानक बेहोस हुने, एकोहोरो टोलाउने, शरीर कम्पन आउने असामान्य व्यवहार देखाउने लक्षण देखा परेको छ भने छारे रोगको लक्षण हुन सक्छ । चिकित्सकहरुका अनुसार स्नायुसम्बन्धि एक प्रकारको बेहोस हुने रोगलाई छारे रोग भनिन्छ । 

तर सबै बेहोस हुने रोग छारे रोग होइनन् । मस्तिष्कमा भएका न्युरो ट्रान्सिमिटर असन्तुलित भएमा छारे रोग देखिन्छ । छारे रोग इपिलेप्सि पनि भनिन्छ । गाउँघमा हात काम्यो, आँखा फर्कियो, मुख बाँगियो भने मात्र छारे रोग भएको भन्ने चलन छ । तर यति मात्र छारे रोगको लक्षण नहुने चिकित्सकहरुको भनाइ छ । कतिपय अवस्थामा मानिस हिँड्दा हिँड्दै केही समयका लागि अचेत हुने र केही समयमा पन सामान्य अवस्थमा फर्किनु पनि छारे रोगकाे लक्षण हो । 

सबै बेहोस हुने रोग छारे रोग मात्रै नभएको पनि हुनसक्छ । छारे रोग लागेका बिरामीमा देखा पर्ने लक्षण देखा पर्छन् । शरीर काप्ने, टोलाउने असामान्य व्यवहार देखाउने जस्ता लक्षण देखिएमा शिजर र बेहोस हुने, मुखबाट फिँज काट्ने लक्षण देखा परे एपिलेप्सिमा भनिन्छ । एपिलेप्सिको अवस्थालाई नै छारे रोग भनिने नसा तथा स्नायु रोग विशेषज्ञ डा.राजु पौडेल बताउँछन् । 

छारे रोगले मस्तिष्कको नसा मर्ने हुन्छ । व्यक्ति अनुसार फरक लक्षण देखा पर्ने छारे रोग समयमै उपचार गरे निको हुनसक्छ । छारे रोगको उपचार बिरामीको अवस्था र रोगको प्रकार अनुसार गरीने  चिकित्सकहरुको भनाइ छ । यो रोग जुनसुकै उमेर समुहका मासिसमा लाग्न सक्ने छारे रोग एमआरआइ र इइजी गरी पत्ता लागाउन सकिने डा. पौडेल बताउँछन् । 

छारे रोग उपचार गर्दा निको हुने रोग भएपनि गाँउघर तिर भने अन्धविस्वासका कारण बिरामीलाई जुत्ता, मोजा सुँघाउने, धामी झाँक्री लगाउने गरीन्छ । विभिन्न अन्धविस्वासका कारण बिरामीको समयमै उपचार नहुँदा मृत्यु पनि हुन सक्छ । छारे रोगका लक्षण हरेक दिन उस्तै देखिन्छ भन्ने पनि हुँदैन । हेर्दा सामान्य देखिने लक्षण वंशाणुगत कारणले पनि लागिरहन सक्छ । सुगर हुनु, क्यालसियमको कमि, नाम्ले जुका पर्नु, मेनेन्जाइटिस र इन्सेफ्लाइटिस् जस्ता रोगले पनि छारे रोग लाग्न सक्ने चिकित्सकहरुको भनाइ छ । 

 

Last modified on 2016-04-15 10:40:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts