आँखा फरफराउने कारण यस्तो रहेछ (भिडियो सहित)


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

आँखा फरफराउनलाई विभिन्न कुराको संकेतका रुपमा लिने चलन छ हाम्रो समाजमा । कसैले शुभखबरको लक्षण मान्छन  त, कसैले अशुभ । जसले जुन किसिमले अथ्र्याएपनि आँखा फरफराउने वैज्ञानिक कारण भने यस्तो रहेछ । डा. रञ्जना शर्माका अनुसार आँखा फरफराउनुको कारण यी हुन् । 

आँखा फरफराउने कुरामा समाजमा धेरै भ्रम र अन्धविश्वास रहेको छ । आँखा फरफराउने वास्तविक कारणनै नबुझी धेरैले केही अशुभ हुने होकी भनी मानसिक तनाव लिने समेत गर्छन । आँखा यही कारणले फरफराउँछ भन्ने स्पष्ट छैन् । तर आँखामा केही समस्या भयो भने आँखा फरफराउँछ । 

vayoda

सामान्यतया मानिसको आँखा १ मिनेटमा १५/१६ पटक चिम्किनु पर्छ । तर विविध कारणले गर्दा त्यो भन्दा धेरै झिम्झिम ग¥यो भने त्यसलाई नै आँखा फरफरायो भनिन्छ । 

विशेषत आँखा फरफराउने कारण निम्न छन् ;
१.आँखा सुख्खा हुनु : 

उमेर बढ्दै गए पछि वा बढी कम्प्युटर वा प्राविधिक सामान प्रयोग गर्नेको आँखा सुख्खा हुन्छ । साथै एन्टिबायोटिक औषधिको अधिक प्रयोग गर्ने मानिसमा पनि यस्तो समस्या बढी हुन्छ ।

२.आँखा दुख्ने : 

आँखा वरिपरिको ढकनी वा आँखामा कुनै पनि समस्या आयो भने आँखा फरफराउने हुन्छ ।
३. आँखालाई तनाव ।
४.अध्याधिक मद्यपान तथा धुम्रपान ।
५. भिटामिनहरुको कमी ।
६. आँखाको एलर्जी ।

आँखा फरफराउँदा के गर्ने ? 
लगातार आँखा फरफराई राखे सफा पानीले आँखाको ढकनी चिसो पार्नुस् । आँखालाई बोझ पर्ने एकै प्रकृतिको काम गरे पछि आधा–आधा घण्टामा आाखालाई आराम दिनुस् । (नजिकको बस्तु हेरेको भए टाढाको बस्तु हेर्ने, टाढा हेरेर काम गरेका भए नजिकको बस्तु हेर्ने) यो कुनै ठुलो समस्या हैन् । तर लामो समय लगातार फरफराई राखे चिकित्सकको सल्लाह बमोजिम उपचार गर्न सकिन्छ ।

भिडियो हेर्नुस् ।

 

Last modified on 2017-06-29 13:45:29

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>
ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts