भरतपुर अस्पतालको ओपिडि ४ बजेसम्म

What's This?


Download our app to get more features

चितवन, २१  माघ ।  भरतपुर अस्पतालले ओपिडी सेवाको समय बिस्तार गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको ओपिडी सेवालाई दिउँसो ४ बजेसम्म बढाउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको परिपत्र र बिरामीहरुको सेवालाई मध्यनजर गर्दै जनतालाई राहात दिन ओपिडी सेवाको समयअवधी बढाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।

अहिले अस्पतालले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले दिउँसो २ बजेपछि सञ्चालन गरेको इएचएस सेवा भने हटाएको छ । फाल्गुण १ गतेबाट यस्तो व्यवस्था लागु हुने अस्पतालले उल्लेख गरेको छ ।

महंगो शूल्क  र बिरामीको आर्कषण इएचएसमा नभएपछि साधारण ओपीडी सेवाको समय नै बढाइएको मेसु डा। मरासिनीले बताए । अस्पतालले बिहानी सत्रको ओपीडी शूल्क यथावत राखि दिउँसो २ बजेपछिको ओपिडी टिकटको रकम ५० रुपैया तोकेको छ ।

यसअघि इएचएसको टिकट शूल्क तीन सय राखिएको थियो । ‘यसरी सेवा गर्ने चिकित्सक र कर्मचारीहरुले अत्तिरीक्त सुविधा दिने 

बताउंदै मेसु डा मरासिनीले, ‘अस्पतालले चालु आर्थिक बर्षको असार मसान्तसम्म यहि व्यवस्था लागु गरेर ट्रयाल फेजका रुपमा यसलाई हेरिने बताए । 

अस्पतालले हाल जनरल वेड चार्जका रुपमा ५० र पेइङमा ३ सय लिदै आएकोमा त्यसलाई समायोजन गरेर दुवै बेडमा एकमुष्ठ एक सय रुपैया लिने निर्णय अस्पताल सञ्चालक समितिको बैठकले गरेको छ ।

Last modified on 2017-06-29 13:24:55

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts