शरीरका नदुख्ने गाँठागुँठी हर्निया पनि हुनसक्छ (भिडियो सहित)



Download our app to get more features

काठमाण्डौं, ३ वैशाख । झट्ट हेर्दा कहिले काँही समान्य देखिने मांसपेसीमा देखापर्ने गाँठा गुँठीको कारण ज्यान समेत जान सक्ने हुन्छ । शुरुवात अवस्थामा नदुख्ने भइकाले हामीले बेवास्ता गरीरहेका शरीरका गाँठा गुँठीका कारणबाट कालान्तरमा हर्नियाका लक्षण देखापर्न सक्छ । शरीरका मांसपेसी कम्जोर हुँदा त्यसबाट आन्द्रा, बोसेआन्द्रा बाहिर निस्केर अंग फुलेको अवस्था नै हिर्निया भन्ने बुझिन्छ । चिकित्सकहरुका अनुसार हर्निया पेटभित्रर बाहिर दुवै अवस्थामा हुन सक्छ ।

हर्निया जुनसुकै उमेर समुहका मानिसलाई हुने संभावना हुन्छ । जनरल ल्याप्रोस्कोपी सर्जन डा.रोमियो कंसाकारका अनुसार बच्चालाई दुई प्रकारको हर्निया हुन्छ । इंगुलियन हर्निया र अंम्बिलिकल हर्निया । इंगुरलियन हर्नियाले आन्द्राको माथिल्लो भाग कमजोर भइ अण्डकोषतिर झर्छ । त्यस्तै अंम्बिलकिल हर्नियाको कारण नाइटोको भित्री भाग कमजोर हुन्छ र बाहिर असाधारण तरिकाले फुलेको देखिन्छ । 

बच्चा जन्मेको केही हप्ताबाटै लक्षण देखा पर्ने यो हर्निया बच्चाले खोक्दा, रुँदा, हाच्छिउँ गर्दा बाहिर फुल्ने गर्छ । बच्चामा देखापर्ने हर्निया जन्मजात नै हुने गर्छ । हर्निया भएका बच्चामा नाइटोको भित्री भाग धेरै नै पातलो हुने हुनाले भित्री अंगले दिने दवाबका कारण मांसपेसी बाहिर फुल्छ । त्यस्तै बच्चाहरुमा अंण्डकोषको माथि पनि हर्निया देखा पर्छ । नाइटोमा जस्तै यो पनि खोक्दा रुँदा ठुलो हुने र अरु बेला खासै नदेखिने डा. कंसाकार बताउँछन् ।

हर्निया ६० प्रतिसत नदुख्ने खाले हुन्छ भने बाँकी ४० प्रतिसत मात्रै केही दुखाइको महसुस गर्न सकिन्छ । अधिकांश मानिसमा दुखाइ बिना नै सुरु हुने हर्नियाको समयमै पहिचान गरेपनि उपचार नगर्ने प्रचलन रहेको चिकित्सकहरु बताउँछन् । 

पिसाब फेर्न अप्ठ्यारो हुने, लामो समयसम्म कब्जियत हुनु, जस्ता लक्षण हर्नियामा देखापर्ने हुन्छ । विशेषगरी अत्याधिक धुम्रपान गर्ने मानिसहरुमा हर्निया हुन सक्छ । त्यस्तै अपे्रसन गरेको घाउहरु लामो समय ठिक नहुँदा पनि हर्नियाको आशंका गर्न सकिन्छ । 
समयमै पहिचान हुन नसके आन्द्रा च्यापिने, आन्द्रामा घाउ हुने र रक्त संचारसमेत बन्द हुन सक्ने खतरा देखा पर्न सक्छ । हर्निया लागेपछि शल्यक्रिया गर्नु अनिवार्य हुने विज्ञहरुको सुझाव छ । 
 

Last modified on 2016-04-15 15:48:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts