म्याद सकिएको औषधिको व्यवस्थापन कसरी गर्ने ?



Download our app to get more features

के तपार्इँको घरमा म्याद सकिएका र काम नलाग्ने औषधिहरु छन् ? अनि तपार्इं ती औषधिहरुलाई के गर्ने विचारमा हुनुहुन्छ ? तपाँईंलार्ई यस्ता औषधिहरुको कसरी उचित व्यवस्थापन गर्ने भन्ने जानकारी नहुन सक्छ । 

हाम्रो शरीरको असाधारण अवस्था र रोगहरुको उपचार गर्न औषधिको महत्वपूर्ण भूमिका हुन्छ । जब यी औषधीको म्याद सकिन्छ तब यिनीहरुको उचित व्यवस्थापन गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

सावधानी किन अपनाउने

१) औषधीको दुरुपयोग हुने संभावनाबाट जोगाउन ।

२) वातावरणमा नकारात्मक असर 
वातावरण विद्ध कृति श्रेष्ठका अनुसार हामीले प्रयोग गरेका औषधिहरु पूर्ण रुपमा शरीरमा लाग्दैन । केही अंश हाम्रो शरीरबाट फोहरको रुपमा हाम्रै वरिपरीको वातावरणमा आइपुग्छ र त्यसले पानी, माटो र हावामा मिसिएर अझ बढी हानीकारक बनाउन सक्छ । औषधी व्यवस्थापन विभागले सबै औषधि उत्पादक कम्पनीहरुलाई अन्तराष्ट्रिय मापदण्डलाई अनुसरण गर्न दवाव दिनुपर्छ । 

३) एण्टिबायोटिक प्रतिरोधक ब्याक्टेरीयाहरु उत्पादन:
जब हामीले औषधि जथाभावी फाल्छौ, तब तिनीहरुले ब्याक्टेरीयासँग प्रतिक्रिया गर्छन् र एण्टिबायोटिक प्रतिरोधक शक्ति विकास गर्छ । 

औषधिको उचित व्यवस्थापन 

सर्वसाधारणलाई म्याद सकिएका औषधिहरुको उचित व्यवस्थापन गर्नका लागि प्रोत्साहन गर्न गर्ने र आउन सक्ने दुर्घटना वा दुरुपयोगको खतराबाट बचाउन निम्न मापदण्डहरुको विकास गरीएको छ ।
 
१) धेरैजसो औषधिहरुको व्यवस्थापन गर्ने आफ्नै निश्चित निर्देशनहरु हुन्छन् । तर, नेपालमा बितरण हुने औषधिहरुमा यस्ता निर्देशनहरु बिरलै छन् । यदि कुनै औषधिको प्याकेटमा यस्तो जानकारी राखिएको छ भने त्यसलाई पालना चाँही गर्नुपर्छ ।

२) कुनै औषधिलाई म्याद सकिएपछि केन्द्रिय स्थानमा फिर्ता गर्ने व्यवस्था छ भने हामीले त्यहि उपाय अपनाउँदा उचित हुन्छ । यसका लागि औषधि वितरण हुने फार्मेसीबाट जानकारी लिन सक्छौं । साथै नियम अनुसार औषधि फिर्ता गर्न पनि सक्छौं । त्यस्ता काम नलाग्ने औषधिलाई हामीले सम्न्धित निकाय वा औषधि व्यवस्था विभागमा पनि फिर्ता पठाउन सक्छौं ।

४) कुनै औषधीको व्यवस्थापन सम्बन्धि निर्देशन दिइएको छैन् र सम्बन्धित निकायले फिर्ता लिने नियम पनि छैन भने हामीले घरैमा पनि केही तरीकाहरु अपनाएर व्यवस्थापन गर्न सक्छौं । 

क) पहिले औषधिलाई प्याकेटबाट निकालेर कुनै अकल्पनिय वस्तुहरु जस्तै कफिको खोस्टा, माटो, वा धुलोसँग मिसाउने जसले गर्दा त्यसको दुरुपयोग हुन सक्दैन ।

ख) त्यो मिश्रणलाई एउटा बलियो झोला वा टिनको बट्टामा राखेर बन्द गर्ने जसले गर्दा अरु फोहरसँग मिसिदैन् ।

ग) औषधिको बट्टामा रहेको व्यक्तिगत जानकारीलाई कोट्याएर फाल्नुपर्छ ताकी अरुले पुन प्रयोग गर्न नपाओस् ।

घ) त्यसरी बट्टा वा झोलामा राखेको औषधीलाई फोहोर फाल्ने ठाँउमा बिसर्जन गर्न सकिन्छ ।

कुनै निश्चित औषधिलाई दुरुपयोगबाट बचाउनका लागि शौचालयमा बगाउन पनि सकिन्छ । तर, त्यो औषधिमा उपलब्ध निर्देशन अनुसार यस्ता औषधि बिसर्जन गर्न सकिन्छ ।

आफूलाई काम नलागेको औषधी सम्बन्धित औषधी पसल वा डाक्टरको सल्लाह बिना आफ्ना साथी र आफन्तलाई खान दिनु हुँदैन । कसैका लागि उपयोगी औषधि अरुका लागि हानीकारक पनि हुन सक्छ ।
यदि आफूलाई औषधि व्यवस्थापन सम्बन्धि कुनै जानकारी छैन भने औषधी पसलसँग उचित सल्लाह लिन सकिन्छ । 


 

Last modified on 2018-10-07 06:49:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts