स्वास्थ्य परीक्षणमा भएको एकाधिकार तोड्न माग

काठमाण्डौं, ३ फागुन । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणमा भएको एकाधिकार अन्त्य हुनुपर्ने बैदेशिक रोजगार मेडिकल स्वास्थ्य व्यवसायी संघर्ष समितिले माग गरेको छ ।
समितिले आज जारी गरेको प्रेस विज्ञप्तिमा बायोमेडिकल स्वास्थ्य परिक्षणको नाउँमा सिण्डिकेट लगाएको आरोप लगाएको छ । सबै व्यवसायीले स्वास्थ्य परिक्षण गर्न पाउनुपर्ने मागसहित समितिले सरकारलाई १ हप्ते अल्टिमेटमसहित एकाधिकार अन्त्य हुनुपर्ने माग गरेको हो ।
समितिका संयोजक सीताराम रेग्मीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पूर्ण गैह्रकानुनी ढङ्गले सञ्चालित ३८ बायोमेट्रिक र १२ वटा गाम्का नेपालबाट सञ्चालित स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परिक्षण कार्य खारेज गरीदिन नेपाल सरकारसंग अनुरोध गर्दछु ।’ त्यस्तै विज्ञप्तिमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण सूचीकरण, नविकरण तथा अनुगमन कार्यविधि २०७२ आँफैमा विवादस्पद र अमान्य खालको भएको उल्लेख छ ।
सरकारले बायोमेट्रिक स्वास्थ्य परिक्षणको नाममा गरीब जनता ठगेको उल्लेख गर्दै स्वास्थ्य परिक्षण र बायोमेट्रिक प्रणाली फरक कुरा भएको उल्लेख गरेको छ । नेपालमा बायोमेट्रि प्रणाली अन्र्तगत स्वास्थ्य परिक्षण गर्ने कुनै ऐन, नियम तथा कार्यविधि बनेको छैन् ।
समितिले बैदेशिक रोजगारमा जान प्रतिव्यक्ति पुरुषको लागि २ हजार ९ सय ४० रुपैया र महिलाको लागि ३ हजार १ सय रुपैयामा गर्न सकिने दावी गदै अहिले अत्याधिक शुल्क उठाएर जनता ठगिरहेको बताएको छ ।
समितिले १ हप्ताभित्र आफ्ना जायज मागहरु सुनुवाई नभए सम्पुर्ण व्यवसायीहरु सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ ।
Reporter
View Other Stories by Author >>