आन्दोलनले खोप कार्यक्रम प्रभावित

What's This?


Download our app to get more features

मोरङ ४, फागुन । ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा राष्ट्रिय पोलियो लगायत खोप कार्यक्रम प्रभावित छन् । आन्दोलनले ग्रामीण क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । 

स्वास्थ्यकर्मी सदरमुकामस्थित जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयमा धर्नामा बसेका छन् । जिल्ला अस्पताल, प्राथमिक, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा सेवा ठप्प छ । औषधि अभावको मार खेप्दै आएका सर्वसाधारणले स्वास्थ्यकर्मीको आन्दोलनले सिटामोलसम्म पाउन नसकेको महादेवाका रामलाल रायले गुनासो पोखे । ‘स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नबसेर आन्दोलनमा गएपछि गाउँमा पेट दुख्ने, ज्वरो आएका सामान्य बिरामी निजी अस्पताल तथा क्लिनिक धाउन बाध्य छन्,’ उनले भने । धर्नाले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयका कामसमेत प्रभावित भएका छन् । बालबालिकालाई लगाइने नियमित खोप, तथ्यांक संकलन, जिल्ला तथा केन्द्रबाट सञ्चालित तालिम, गोष्ठीलगायत कार्यक्रम हुन नसकेको आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

फाइल फोटो

Last modified on 2017-02-15 08:42:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts