काठमाण्डौंमा मनोचिकित्सकहरुको छैठौं राष्ट्रिय सम्मेलन सुरु 

What's This?


Download our app to get more features

काठमाण्डौं ६, फागुन । स्वास्थ्य मन्त्रालयले  मानसिक स्वास्थ्य नीति ल्याउने तयारी गरेको छ । वरिष्ठ चिकित्सक डा. किरण रेग्मीको संयोजकत्वमा गठित समितिले स्वास्थ्य नितिको मस्यौदा तयार पारिरहेको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए । 

मनोचिकित्सकहरुको  छैठौँ राष्ट्रिय सम्मेलनको काठमाण्डौंमा उद्घाटन गर्दै मन्त्री थापाले  मानसिक स्वास्थ्य नितिले मानसिक स्वास्थ्य क्षेत्रमा देखिएको समस्या सम्बोधन हुने दावी गरे । मन्त्री थापाले भुकम्प पछि मनोरोगीहरुको सख्या बढदै गएकाले भुकम्प प्रभावित जिल्लाहरुलाई पहिलो प्राथमिकतामा राखेर नीति बन्न लागेको जानकारी दिए । मनोरोगीहरुलाई प्राथमितामा नराख्दा धेरै विरामीमा पहुँच पुग्न नसकेका मन्त्री थापाको भनाई थियो ।  

कार्यक्रममा निराशा, तनाव, जीवनशैलीमा असन्तुलन जस्ता कारणले धेरै मानसिक रोगबाट पीडित हुनेको संख्या वढेको मनोचिकित्सक सरोज ओझाले जानकारी दिए ।  नेपाल मनोरोगीहरु कति छन् भन्ने कुनै अध्ययन अनुसन्धान भने हुन सकेको छैन् । तर नेपाल ७५ लाख मानिस मनोरोगबाट पिडीत रहेको अनुमान गरिएको छ ।  विश्व स्वास्थ्य सङ्गठनले गरेको पछिल्लो अध्ययनले विश्वमा २५ प्रतिशत मानिस कुनै न कुनै रुपमा मनोरोगबाट पिडीत रहेको देखाएको छ । 

मनोचिकित्सकहरुको सम्मेलनमा भारत, अस्टे«लिया, माल्दिभ, जर्मनी लगायतका  देशका मनोचिकित्सकहरुको सहभागिता रहेको छ । शनिवारसम्म चल्ने सम्मेलनमा  मनोरोग सम्बन्धि ५० वटा कार्यपत्रहरु पेश गरिने छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts