क्रिकेट कप्तान पारसको एपेन्डिक्सको अप्रेसन सम्पन्न

What's This?


Download our app to get more features


काठमाण्डौं ९, फागुन ।  नेपाली राष्ट्रिय क्रिकेट टोलिका कप्तान पारस खड्काको एपेन्डिसाइटिसको अप्रेशन गरिएको छ । काठमाण्डौको धापासीस्थित ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा उनको अप्रेशन भएको हो ।

क्रिकेट कप्तान पारसलाई रिकरेन्ट एपेन्डिसाइटिस बीथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकाले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसीस तथा कि होल सर्जरी (गुजुल्टिएका आन्द्रहरू मिलाउने) एवंम इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी गरिएको अस्पतालका मेडिकल डाक्टर डाक्टर चक्रराज पाण्डेले बताए । उनको उपचारमा डा. प्रविणविक्रम थापा, डा. धिरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठको टिम संलग्न रहेको ग्रान्डी अस्पतालले जनाएको छ । डा. मुरारिराज उप्रेति र डा. अर्चना अधिकारीको टिमले एनेस्थेसियामा साथ दिएका थिए । पेटमा सानो प्वाल मात्र पारेर अप्रेसन गरिएकाले पारस चाँडै खेल मैदानमा फर्कने उपचारमा समावेश चिकित्सकहरुको दाबी छ ।

 

Last modified on 2017-06-23 14:38:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts