माओवादी नेता पुन अस्पताल भर्ना 

What's This?


Download our app to get more features

काठमाण्डौं १०, फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ अस्पताल भर्ना भएका छन् । निरन्तर ज्वरो आएपछि उनलाई धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । 

अस्पताल प्रशासनका अनुसार पूर्व अर्थमन्त्री समेत रहेका पुन अहिले नर्सिङ केयर र मोनिटरमा छन् । यसअघि जण्डिस बिग्रिएपछि अनन्तलाई भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा लगेर उपचार गरिएको थियो । उनी बैंककमा उपचार गरेर गत वर्ष माघमा स्वदेश फर्किएका थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts