योगले आनन्द मिल्यो सुजातालाई 

What's This?


Download our app to get more features

काठमाण्डौं ११ फागुन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पछिल्लो समय योग गर्न व्यस्त छिन् । क्यान्सरको उपचारपछि प्रशस्त औषधि खानुपर्ने अवस्थाबाट पार पाउन पूर्व उपप्रधानमन्त्री समेत रहेकी नेतृ कोइराला योगतिर लागेकी हुन् । 

स्तन क्यान्सर पत्ता लागेको एक महिनामै नेतृ कोइरालाको डिम्बाशयमा पनि क्यान्सर देखिएको थियो । दुवै अलगअलग प्रकृतिका थिए । ती पहिलो चरणमै रहेका कारण समयमै उपचार सम्भव भयो । ‘क्यान्सरभन्दा बढी समस्या त एक महिनाभित्रै दुइटा अप्रेसन गर्नुपर्दाको मानसिक तनाव थियो ।’ नेतृ कोइरालाले भनिन् । दुईटा अप्रेशनपछि नेतृ कोइराला शारीरिक रूपमा निकै कमजोर भएकी थिइन् । चिकित्सक, मनोचिकित्सकहरूले उनलाई निद्रा लाग्ने औषधि दिए । ‘उहाँहरुले दिनुभएको औषधिलाई मैले ‘ह्याप्पी मेडिसिन’ नाम दिएकी थिएँ । त्यसले मेरो खास समस्या समाधान गरेन ।’ नेतृ कोइरालाले भनिन् । चिकित्सकहरुले नेतृ कोइरालाई अर्को औषधि थप गर्ने कुरा गरे त्यसपछि उनी डराइन् । ‘उहाँहरूले अर्को औषधि दिने कुरा गर्नुभयो, म झन् बढी चिन्तित भएँ । औषधिले समस्या समाधान गर्दैन भन्ने लागेपछि म योगतिर लागेँ ।’  

योग गरेपछि क्यान्सरको उपचारबाट फर्किएकी नेतृ कोइराला निकै सहज अनुभव गरिरहेकी छिन् । भन्छिन् ‘जसले मलाई अहिले निकै ऊर्जा र उत्साह दिएको छ । ’

Last modified on 2017-06-23 14:27:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts