केडीसी अस्पतालमा सुरु भयो मुख तथा घाँटीको क्यान्सर उपचार

What's This?


Download our app to get more features

काठमाण्डौ, १७ फागुन । कान्तिपुर डेन्टल तथा जनरल अस्पतालले मुख तथा घाँटीको क्यान्सरको उपचार सुरु गरेको छ । 
अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरसँगको सहकार्यमा सेवा सुरु गरेको अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए । मुख तथा घाँटीको क्यान्सर उपचारका लागि स्थापना गरिएको ‘केडीसी हेड एण्ड निक अंकोलोजी युनिटको’ आज औपचारिक रुपमा मणिपाल कलेज अफ डेन्टल साइन्सेजका बेङलोर भारतबाट आएका एसोसियट डीन प्राडा मोहन बालिगाले सेवाको उद्घाटन गरेका छन् । 

युनिटको उद्घाटन गर्दै प्रा डा बालिगाले अस्पतालको सेवालाई प्रभावकारी बनाउन सँधै सहयोग रहिरहने बताए । उक्त युनिट डा. प्रभात चन्द ठाकुरको नेतृत्वमा रहने अस्पतालले बताएको छ । क्यान्सर रोगमा मुख तथा घाँटीको क्यान्सर चौथो क्यान्सरको रुपमा रहेको छ । 

काठमाडौं क्यान्सर सेन्टरका डा. सुवास पण्डितले  कार्यक्रममा बोल्दै क्यान्सरको निदान र शल्यक्रिया केडीसीमा हुने र केमोथेरापी तथा रेडियोथेरापी क्यान्सर सेन्टरमा हुने बताए । अस्पतालका अध्यक्ष डा. श्रेष्ठले क्यान्सरका बिरामीलाई सकेसम्म न्यूनतम शुल्कमा सेवा दिन अस्पतालले उक्त युनिटको स्थापना गरेको बताउदै उपचारका लागि दक्ष जनशक्ति र आवश्यक उपकरण तयार रहेको बताए । 

Last modified on 2017-06-19 17:21:05

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. पूणॅ प्रसादon Wed, Mar 01 2017 10:08 PM

    राम्रो सेवा दिन थालेकोमा धन्यबाद


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts