क्यान्सरका कारण नेपालमा प्रतिवर्ष १५ हजारको मृत्यु



Download our app to get more features

काठमाण्डौं, १७ फागुन । नेपालमा तीव्र रुपमा बढीरहेको क्यान्सर रोगलाई न्यूनिकरण गर्न उपचारात्मक भन्दा रोकथाममा जोड दिनुपर्ने विशेषज्ञले बताएका छन् ।

क्यान्सर रोगबाट हामी बच्न सक्छौं र सुरुकै अवस्थामा उपचार गरेमा निको समेत पार्न सकिन्छ भन्ने सन्देशसहित ललितपुरको नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले आयोजना गरेको कार्यक्रममा क्यान्सररोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले क्यान्सर रोकथाममा ध्यानदिनुपर्ने बताए । नेपाली समाजमा क्यानसर रोग ठिक नहुने रोग भएको भन्ने भ्रम नेपाली समाजमा व्याप्त रहेको तथ्य अघि सारे ।

डा. श्रेष्ठले नेपालमा क्यान्सर नियन्त्रण तथा रोकथामका लागि भइरहेको कार्यक्रमलाई प्रभावकारी र उपचार सहज बनाउनका लागि नेपालमा नेपाल क्यान्सर नीतिको आवश्यक रहेको बताए । सरकारले क्यान्सर उपचारका लागि एकलाख दिएर समस्याको समाधान नहुने भन्दै डा. श्रेष्ठ सरकारले क्यान्सर रोगको प्रिभेन्सनका लागि जोड दिनु पर्नेमा जोड दिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा १४ करोड मानिसको क्यान्सरका कारण मत्यु हुने गरेको छ । जसमा ५७ प्रतिशत नेपाल जस्ता अविकसित र अल्पविकसित राष्टका मानिस रहेका छन् । सन २०१४ को तथ्यांक अनुसार नेपालमा हरेक वर्ष १५ हजारको क्यान्सर मृत्यु हुने गरेको छ । जसमा ६ हजार ९ सय पुरुष र ७ हजार ४ सय महिलाको मत्यु हुने गरेको तथ्यांक छ ।

कार्यक्रममा क्यान्सर रोगको अवस्था, यस रोगको रोकथाम तथा यसको उपचारका बिषयमा अस्पतालका मेडिकल डाइरेक्टर डा. बिजेशराज घिमिरेले कार्यपत्र प्रस्तुत गरे । उनले क्यान्सरका विरामीहरु ल्याव, केमो, शल्यक्रिया, रेडियसनका लागि फरक फरक स्थानमा जानु पर्ने बाध्यतालाई मध्येनजर गर्दै क्यान्सर अस्पतालमा सबै सेवा एकै स्थानमा दिइरहेको बताए ।

कार्यक्रममा समयमै क्यान्सरको निदान गरी यसको उपपचार गरेमा क्यान्सर निको हुन्छ भन्ने आमजनमानसमा जनचेतना पुर्याउनने उद्देश्यले महिला सञ्चारकर्मीलाई मेमोग्राम र प्यापिस्मियर जाँच तथा पुरुष सञ्चारकर्मीका परिवारलाई पनि क्यान्सर परीक्षण गरिएको थियो ।   

विश्व क्यान्सर दिवस २०१७ फ्रेवुअरी क्यान्सर महिनाको अवसरमा जनचेतना अभिवृद्धि गर्न अस्पतालले कार्यक्रम आयोजना गरेको थियो ।

Last modified on 2017-06-19 17:20:07

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts