कोशी अञ्चल अस्पतालमा सञ्चालित फार्मेसी प्रभावहीन

What's This?


Download our app to get more features

मोरङ २४, फागुन । कोशी अञ्चल अस्पतालमा सञ्चालित फार्मेसीमा आवश्यक औषधिहरु नपाउँदा विरामीहरु बाहिरका पसलमा औषधि किन्न बाध्य भएका छन् । फार्मेसीमा आवश्यक औषधिहरु उपलब्ध हुन नसक्दा ग्राहकहरु बाहिरकै पसलमा औषधि खरिद गर्न बाध्य भएका हुन् ।

स्वास्थ्य मंत्रालयले केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल र अञ्चल अस्पतालहरुलाई आफ्नै फार्मेसी संचालन गर्न निर्देशन दिदै बीऊ पूँजी समेत उपलब्ध गराएपछि कोशी अंचल  अस्पतालमा फार्मेसी संचालन शुरु गरिएको थियो । तर फार्मेसी संचालनको कार्यविधि जटिल भएकाले सबै प्रकारको औषधिहरु उपलब्ध गराउन नसकिएको कोशी अंचल अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. रोशन पोखरेलले जानकारी दिए । अस्पतालको फार्मेसीमा ५ सय ४१ प्रकारका औषधिहरु उपलब्ध गराउने भनिएपनि अहिले १ सय ४१ प्रकारका औषधिहरु मात्र उपलब्ध  गराईएकोले धेरै जसो ग्राहकहरु फर्कने गरेका छन् । एकातिर चिकित्सकहरुले फार्मेसीमा भएको औषधि प्रेस्क्राइब नगर्ने र अर्कोतिर सबै औषधिहरु उपलब्ध नभएकाले सो फार्मेसीले अहिले सम्म एक दिनमा न्यूनतम ८८ रुपैयाँ देखि अधिकतम ३ हजार रुपैया सम्मको औषधि बेचेको कर्मचारीहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले केन्द्रीय अस्पताललाई ३० लाख, क्षेत्रीय अस्पताललाई २५ लाख, उपक्षेत्रीय अस्पताललाई २० लाख, अञ्चल अस्पताललाई १५ लाख रुपैया फार्मेसी सञ्चालनका लागि बीउ पूँजी उपलब्ध गराएको थियो ।

 

Last modified on 2017-06-19 16:25:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts