धुलोले काठमाण्डौंबासीको स्वास्थ्यमा गंभीर असर

आफ्नो स्वास्थ्यप्रति उपत्यकावासी सचेत बनेपनि सरकारी निकायहरु उदासिन

What's This?


Download our app to get more features

काठमाण्डौं २४, फागुन । काठमाण्डौं उपत्यका यतिखेर धुलो र धुँवाको नर्कमा परिणत भएको छ । विश्वको सातौं प्रदुषित शहरमा सूचीकृत काठमाण्डौ विकास निर्माणको नाममा यतिखेर धुलोमाण्डौंमा परिणत भएको हो । कण्ठ भिज्ने गरी पानी पिउन पाइने र स्वच्छ पानीले नुहाइ धुवाइ गर्न पाइने आशमा यतिखेर काठमाण्डौं उपत्यकावासी धुलोको विष पिउन बाध्य छन् तर उनीहरुको स्वास्थ्यमा परेको गम्भीर असर बारे कुनै पनि निकाय गम्भीर बनेको भने देखिएन । उपत्यकावासी आफ्नो स्वास्थ्यप्रति आफै सचेत बन्दा मास्क व्यापारीहरु भने मालामाल बनेका छन् ।

दिउँसो हिड्नै कठिन
सडक क्षमता भन्दा बढी सवारी साधनको उपस्थिति र ठाउँठाउँमा भइरहेका निर्माण कार्यका कारण काठमाडौंमा धुँवा र धुलोको मात्रा अत्यधिक बढेको छ ।  दिउँसो शहरको मुख्य क्षेत्रमा हिँडडुल, बसयात्रा तथा सडक छेउछाउका घरहरुमा बस्दा समेत धुलो र धुवाको सास्ती व्यहोर्नुपर्छ ।

माक्सको व्यापार मौलायो
धुलो र धुवाँका कारण काठमाडौंमा हरेक सिजनमा माक्सको व्यापार हुन्छ नै तर, सडकको अहिलेको अवस्थाका कारण माक्सको व्यापार पूरै मौलाएको छ । स्वास्थ्यका लागि हानिकारक धुलो र धुवाको सङ्क्रमणबाट रुघाखोकी, फोक्सो सम्बन्धी रोग र घाँटीको एलर्जी हुने सम्भावना बढी हुन्छ । काठमाडौंको धुलो र धुँवाबाट बच्ने सबैभन्दा उत्तम उपाय माक्सको प्रयोग नै हो । काठमाडौंमा अहिले मेलम्चीको पाइप लाइन विछ्याउने र सडक विस्तार कार्यले धुलो र धुँवाको उपद्रो जताततै देख्न पाइन्छ । यही कारण माक्सको व्यापार भने मस्तसंग मौलाएको छ ।

स्वास्थ्यमा गंभीर असर
काठमाण्डौको सडकको पेटीमा हिड्ने पैदल यात्रुहरु धुलो धुवाबाट सबै भन्दा बढी मारमा परेका छन् । दिनभरि गाडीको धुवाँ र सडकबाट आएको धुलोले साँझ घर पुग्दा घाटी दुख्ने, खोकी लाग्ने गरेकोले उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको छ ।

सर्वोच्चको आदेश र संसदको निर्देशनको अवहेलना
सर्वोच्च अदालतले जनताको स्वास्थ्यको हकको सुरक्षा गर्न भन्दै निर्माण स्थलमा धुलो उडन नपाउने व्यवस्था गर्न आदेश जारी ग¥यो । व्यवस्थापिका संसदको विकास समितिले पन्ध्र दिन काठमाडौंको सडक पूर्वावस्थामा ल्याउन निर्देशन दियो । तर यी आदेश र निर्देशनलाई सरकारी निकायले नै टेर पुच्छर लाएनन् । अहिले मास्कको प्रयोग गरेर तत्कालको समस्या टारेका काठमाडौं उपत्यकावासीलाई भोलि गम्भीर रोग लागे त्यस्को जिम्मेवारी कस्ले बोक्ने ? जवाफ छ सरकार ??

 

Last modified on 2017-06-19 16:24:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts