१५ जिल्लामा पोलियो थोपा आज पनि खुवाईदै

What's This?


Download our app to get more features

काठमाण्डौं २४, फागुन । काठमाडौका तीन र तराईका १२ सहित १५ जिल्लाका पाँच बर्षमुनीका बालबालिकालाई आजपनि पोलियो थोपा खुवाईदै छ । गत २१ र २२ गतेका लागि मात्रै तय गरिएको पोलियो थोपा खुवाउने कार्यक्रम केहीदिनका लागि थप गरिएकाले आजपनि खुवाउन पाईने भएको हो ।

नेपाललाई पोलियो उन्मुलन सुनिश्चित गर्न कैलाली, बर्दिया, बाँके, कपिलबस्तु’, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य चौकीहरुमा आफुहरु नै इन्चार्ज हुन पाउनु पर्ने र आफुहरु भन्दा बढी योग्यता भएपनि एच ए लाई इन्चार्ज बनाउन नहुने माग गर्दै मन्त्रालय अन्तर्गत कार्यरत केही अहेबहरुले पहिलो दिन पोलियो थोपा खुवाउन केही ठाउमा अवरोध गरेका थिए ।

उनीहरुको अवरोधकै कारण बालबालिकाहरु पोलियो थोपा खान बन्चीत भएकाले मन्त्रालयले पोलियो थोपा खुवाउने कार्यक्रम केहीदिनका लागि थप गरेको हो । १५ जिल्लामा ५ बर्ष मुनीका झण्डै १६ लाख बालबालिका रहेकाले उनीहरु सबैले नखाए सम्म पोलियो थोपा खुवाउने कार्यक्रम जारी रहने मन्त्रालयले जनाएको छ ।

Last modified on 2017-06-19 16:24:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts