अफगानिस्तानको सैनिक अस्पताल आतंकवादीको नियन्त्रणमा, बिरामीको रुवाबासी



Download our app to get more features

एजेन्सी, २५ फागुन । अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आंतकवादीले आक्रमण गरेका छन् ।

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार सेतो एप्रोन लगाएर डक्टरको भेषमा तालिवानी आंतकवादिहरुले सरदार दाउद खान सैनिक अस्पतालमा आक्रमण गरेको बताइएको छ । आक्रमण अझै जारी रहेको छ ।

आक्रमणमा परेको स्वास्थ्यकर्मीहरुले अस्पतालभित्रैबाट सहयोग मागीरहेका छन् । अस्पतालमा कार्यरत एक कर्मचारीले आफ्नो फेसबुकमा लेखेका छन्, हमलाकारी अस्पतालभित्र रहेका छन् हामीलाई बचाउनुस् ।

अस्पताल प्रशासनले करिव ४ सय शैया रहेको र भीडभाड धेरै भएको समयमा आंतकवादी सेतो एप्रोनमा डक्टर भेषमा पालैपालो आएर अस्पताल नियन्त्रणमा लिई हमला गरेको समाचार संस्था एएफपीलाई बताएको छ ।

अस्पताल अझै  आंतकवादीको नियन्त्रणमा रहेकोले के कति हताहति भयो भन्नेवारे यकिन जानकारी नआएको अस्पतालले उल्लेख गरेको छ । अस्पताल प्रमुख अब्दुल हाकिमले एएफपिलाई टेलिफोन गरेर अस्पतालमा अझै गोली र बमको आवाज आइरहेको बताएका छन् । अझैसम्म सैनिकहरुले घेराबन्दी गरेपनि अस्पतालको स्थिति नियन्त्रणमा लिन सककोे छैन ।

तस्वीर एएफपी

Last modified on 2017-03-08 16:55:49

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts