तालतलैयास्थित चिडियाघरमा बर्डफ्लू भेटियो

उच्च सतर्कता अपनाइएको जिल्ला पशु कार्यालय सुनसरीको दावी

What's This?


Download our app to get more features

सुनसरी २६, फागुन । पर्यटकीय क्षेत्र तालतलैया क्षेत्रका राखिएको चराचुरुङ्गीमा वर्डफ्लू भेटिएको छ । तालतलैयाको चिडिया घरमा राखिएका पंक्षिमा वर्डफ्लु भेटिएसगै विशेष सर्तकताको साथ त्यस क्षेत्रमा पर्यकटहरुलाई प्रवेशमा रोक लगाईएको छ ।

चिडियाघरमा पालेको चराचुरुङ्गी गत फागुन १९ गतेदेखि मर्ने थाले पछि पंक्षी परिक्षणको लागी क्षेत्रीय प्रयोगशाला विराटनगर लगिएको थियो ।  प्रयोगशालामा परीक्षणपछि मरेको पंक्षिमा वर्डफ्लु भेटिएको हो । केन्द्रिय पशुरोग अन्वेशन प्रयोगशालाले वर्डफ्युको पुष्टि गरेको जिल्ला पशु कार्यलय सुनसरीका प्रमुख शिवनारायण महतोले बताए । उनले तालतलैया क्षेत्रका चराहरुमा वर्डफ्लू भेटिएको पुष्टि भएको र उच्च सतर्कता अपनाइएको जानकारी दिए ।
चिडिया घरमा राखिएको पंछीमा बर्डफ्लू भेटिएपछि मानिसमा सर्ने सक्ने भन्दै चिडियाघर बन्द गरिएको छ । मरेका पंक्षिलाई सुरिक्षत रुपमा गाड्ने काम भइरहेको पशु कार्यलय सुनसरीले जनाएको छ । केहि दिन यता लगातार चरा मर्न थालेपछि वर्डफ्लुको आशंकामा बाल उद्यान बन्द गरिएको थियो ।

तालतलैया क्षेत्रमा विभिन्न पंक्षी तथा चराहरु आउँने भएको कारण पर्यटकहरुलाई समेत त्यस क्षेत्रमा रोक लगाइएको छ । तालतलैयाको टर्की, मयूर, हुचिल, राजहास, चरि बाघ, बन विरालो, गिनी पिग मरेका छन् । दैनिक ५ सयले अवलोकन गर्ने पार्क अहिले बन्द गरेर चुना र किटनाशक औषधि छर्कने काम भइरहेको छ । चिडिया घरमा २२ प्रजातिका दुर्लभ पंक्षि समेतसंरक्षण गरेर राखिएका छन् ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts