वीरमा पुनः मानसिक ओपिडी चलाइने, पाटन मानसिक अस्पतालसँग सम्झौता

What's This?


Download our app to get more features

काठमाण्डौ, २७ फागुन । देशकै जेठो र ठूलो वीर अस्पतालले ३३ बर्ष पछि पुन मानसिक रोगको उपचार सेवा सुरु गर्न लागेको छ । 

अस्पतालमा रहेको मानसिक उपचार युनिट छुटाएर २०३९ सालमा पाटनस्थित मानसिक अस्पतालमा सारीएको थियो । मानसिक अस्पतालको सहकार्यमा पुन वीरमा मानसिक उपचार सेवा दिन लागिएको हो । 

पाटनको मानसिक अस्पतालसँगको सहकार्यमा अस्पतालले चैतदेखि सेवा दिने वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए । 

उनका अनुसार मानसिक अस्पताल पाटनका निर्देशक डा. सुरेन्द्र शेरचनसँग वीर अस्पतालमा सेवा सञ्चालनका लागि सम्झौतामा  हस्ताक्षर भएको छ । सम्झौता अनुसार अस्पतालमा सेवा प्रदान गर्न मानसिक अस्पतालबाट नै चिकित्सकहरु आउने छन् । 

अस्पतालले पहिलो चरणमा आइतबार र बुधबार साताको दुई दिन मानसिक रोग ओपीडी सञ्चालन गर्ने निर्देशक डा. बस्नेतले जानकारी दिए । बिरामीको चाप अनुसार ओपीडीको समय पनि बढाउदै लाने अस्पतालले जनाएको छ ।

Last modified on 2017-06-19 16:14:34

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts