जाजरकोटको दुर्घटनाः ३६ घाइते, ३ जनाको भेन्टिलेटरमा राखेर उपचार हुँदै (भिडियो सहित)



Download our app to get more features

नेपालगन्ज, २७ फागुन । जाजरकोटको भेरीमालिका नगरपालिका ४, बोहरागाउ नजिकै भीरबाट बस खस्दा घाईते भएका  ३७ जना  मध्ये  १७ जना घाईतेलाई  नेपाली सेनाको नाइट भिजन हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।

घाइतेहरुको अहिले नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेको टाउकोमा चोट लाग्नुका साथै हातखुट्टा भाँचिएका छन ।

नेपाली सेनाको नाइट भिजन हेलिकोप्टरले प्रतिकुल मौसमका बाबजुद राती १२ बजे नेपालगन्ज ल्याइएका घाइतेको उपचारमा मेडिकल कलेज र भेरी अञ्चल अस्पतालका चिकित्सक सहित २ दर्जन स्बास्थ्यकर्मी उपचारमा खटिएका छन् । गम्भीर अबस्थामा रहेका ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

रातिको सवा १२ बजे नेपालगञ्ज बिमानस्थलमा ल्यापुर्याइएका घाईतेलाई स्थानीय प्रशासनले एक दर्जन भन्दा बढी एम्बुलेन्सको ब्यबस्था गरेर नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पातलमा पुर्याएको थियो ।

जाजरकोटको सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिम खारा बजार तर्फ जँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु जाजरकोट सडकको बोहरागाउको मोडबाट २ सय मिटर तल पासागाड खोलामा खसेर दुर्घटना भएको थियो । घटनामा २६ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मृत्यु हुने २१ जना पुरूष तथा ५ जना महिला छन । ती मध्ये २१ जनाको सनाखत भएको छ भने बाकीको सनाखत हुन बाकी छ । घाइतेहरूमध्ये ६ जनाको जाजरकोट अस्पतालमा, ८ जनाको चौरजहाजरी अस्पताल उपचार भई रहेको छ ।

क्षमताभन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीव्रगतिमा गाडी गुडाएका कारण दुर्घटना भएको घाईतेहरुले बताएका छन ।

यसअघि २०७० सालमा छिन्चु जाजरकोट सडक खण्डको रावतगाउ नजिकै भेरी नदीमा बस खस्दा पनि ५४ को मृत्यु भएको थियो ।

Last modified on 2017-03-10 18:03:34

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts