मनाङ जिल्ला अस्पतालमा शल्यक्रिया गर्नुपर्ने सुत्केरीका लागि सकस 

What's This?


Download our app to get more features

मनाङ १, चैत । हिमालपारीको जिल्ला मनाङका महिलाहरु बच्चा जन्माउनका लागि हेलिकप्टर नै चार्टर गरेर ठूला अस्पतालहरुमा धाउनुपर्ने बाध्यता कुनै नौलो विषय होइन् ।

उनीहरु विगत लामो समयदेखि नै यो समस्याबाट भुक्तभोगी छन् । सरकारले जिल्लामा रहेको एकमात्रै जिल्ला अस्पतालमा शल्यक्रिया गर्नु पर्ने सुत्केरीका लागि आवश्यक प्रबन्ध नगरिदिदाँ उनीहरुले यस्तो सास्ती खेप्नुपरेको हो ।  हिमाली जिल्ला मनाङमा रहेको एकमात्र जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेका महिलाहरुको लागि शल्यक्रियाको ब्यवस्था हुन नसक्दा समस्या परेको छ । अस्पताल ब्यवस्थापन समितिले पहल नगरेका कारण यहाँका महिलाहरुले सास्ती खेप्नु परेको हो । १३ गाउँ विकास समिति रहेको मनाङ भौगोलिक रुपमा अति विकट भएपनि सरकारले जिल्लाका नागरिकहरुलाई भने उचित स्वास्थ्य सेवा भने प्रवाह गर्न सकेको छैन् । सामान्य बाहेक आकस्मिक रुपमा प्रसुतिका लागि अस्पतालमा आउने महिलाहरुले शल्यक्रियाको अभावमा ज्यानै गुमाउनुपर्ने बाध्यता रहेको छ ।

मनाङ एकातिर भौगोलिक विकटता र अर्कोतिर जिल्ला अस्पतालमा शल्यक्रियाको ब्यवस्था नहुँदा स्थानीय महिलाहरु समस्यामा परेका छन् । जिल्लाका केही सम्पन्न महिलाहरु हेलिकप्टर चार्टर गरेर काठमाडौं, पोखरा, चितवन लगायतका शहरहरुमा जाने गरेपनि गरीब जनताहरुले भने शल्यक्रियाको अभावमा ज्यान नै गुुमाउनु पर्ने उदाहरण रहेको स्थानीय महिलाको गुनासो छ ।   बेसीशहर–चामे सडक खण्डमा मोटर चलेपनि कच्ची सडकका कारण भनेको समयमा पुग्न नसकिने र ८ घण्टाको कच्ची सडकमा सुत्केरी लैजाँदा ज्यानै पनि जान सक्ने स्थानीयवासीको अनुभव छ । जिल्ला अस्पतालमा १५ बेडको अनुमति भएपनि अहिले अस्पतालले ७ वटा बेड मात्रै संचालनमा ल्याएको छ । अस्पतालमा बिरामीहरुको चाप हुने गरेपनि सरकार, अस्पताल प्रशासन र व्यवस्थापन समितिले खासै चासो नराख्दा मनाङका जनताले सास्ती खेप्नुपरेको छ । अस्पतालका डा. विजय गुरुङले अस्पतालमा डाक्टरहरुको दरबन्दी कम भएकोले जनतालाई सोचेअनुरुपको सेवा दिन नसकेको दुखेसो गरे । 

Last modified on 2017-03-14 08:45:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts