कान्तिमा क्यान्सर उपचारः विपन्न बालबालिकालाई कोष त बन्यो तर सिरिन्जसमेत आफै किन्नुपर्छ  

What's This?


Download our app to get more features

काठमाण्डौ । ४ महिनाअघि ३ वर्षीय छोरी खुसी लिम्बूलाई ब्लड क्यान्सर (रक्त क्यान्सर) भएको सुन्दा उनको परिवारका सबैको होसहवास नै उड्यो । सुरुमा क्यान्सर भन्ने बित्तिकै निको नहुने रोग भन्ने बुझेको खुसीको परिवारले जब समयमै उपचार गराउँदा निको हुन्छ भन्ने थाहा पाए, त्यसपछि उनिहरुमा छोरीलाई बचाउन सकिन्छ भन्ने ठुलो आश जाग्यो रे । आर्थिक अवस्था कमजोर भएका कारण उपचार कसरी गराउने भनेर भौतारिँदा भौतारिँदै कान्ति बाल अस्पतालमा निशुल्क उपचार पाइन्छ भन्ने सुनेपछि आमा पवित्रा लिम्बुले उपचारका लागि कान्ति लिएर आइन् । उनी बिगत २ महिनादेखि छोरीको उपचारकै लागि अस्पतालको बेडमा  कुरेर बसिरहेकी छिन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार कसरी गराउने भनेर भौतारिँदा भौतारिँदै कान्ति बाल अस्पतालमा निशुल्क उपचार पाइन्छ भन्ने सुनेपछि उनकी आमा पवित्रा लिम्बुले उपचारका लागि कान्ति लिएर आएकी हुन् ।

अस्पतालले निशुल्क सेवा पाइने कुरा सुनेर गाउँबाट केही ऋण लिएर काठमाण्डौ आएकी  पवित्राले सुरु सुरुका दिनमा उपचार रामा्रे सहयोग पाइन् । तर पछि अस्पतालमा औषधि छैन् , सलाइन पानी,  सिरिज लगायतका औषधिजन्य सम्पूर्ण सामाग्री सबै आफैले किन्नुपर्ने भएकाले खर्च कसरी धान्ने भन्नेबारे निकै चिन्ता रहेको छ । छोरीको उपचारका लागि हाल सम्म २ लाख खर्च भईसकेको खुसीकी आमा पवित्राले सुनाइन् । 

‘क्यान्सरको उपचार पूर्ण रुपमा निःशुल्क हुन्छ भन्ने सुनेर आएको तर अहिले खर्च माथि खर्च भईरहेको छ, परिवारको आर्थिक अवस्था मजबूत बनाउन सहयोग गर्ने समयमा म अस्पतालमा छु, २ लाख खर्च भइसकेको छ, बाँकी उपचार कसरी गराउने होला’– आमा पावित्राले यसरी पीडा पोखिन् । 

वीरगञ्जका १५ महिनाका एलेक्स रौनियारको परिवारको पीडा पनि उस्तै छ । छोरा एलेक्स रौनियारलाई ४ महिना अगाडी ब्लड क्यान्सर भएको पत्ता लागेपछि उनलेपनि उपचारका लािग कान्ति बालअस्पतालमा नै ल्याइन् । आर्थिक अवस्था कमजोर भएका रौनियार परिवारले पनि क्यान्सरको उपचार निःशुल्क पाउने आशामा अस्पताल त आए  तर बेडशुल्क बाहेक सबै उपचार खर्च आफै गर्नु परेपछि उनको परिवारलाई हाल समस्या भएको छ । लिाइन पानीदेखि लिएर सिरिजसम्म आफैले खरिद गर्नु परेपछि हालसम्म डेढ लाख रकम खर्च भईसकेको एलेक्सकी आमा रविना रैनियारले हाम्रो डाक्टरलाई बताइन् ।

खुसी र एलेक्स जस्तै अर्घाखाँचीका ८ वर्षीय सन्तोष भुषालपनि ४ महिनादेखि ब्लड क्यान्सरको उपचारका लागि कान्ति बाल अस्पतालमा उपचार गराइरहेका छन् । छोरालाई  ८ बर्षको उमेरमै ब्लड क्यान्सर रोग लागे पनि पूर्णरुपमा उपचार हुन्छ भन्ने थाहा पाउँदा मनमा छोरालाई ठिक बनाएरै छोड्ने विश्वास जागेका भन्दै सन्तोषका बाबु गुणनिधि खर्च सकीनसकी खर्च जुटाउन तर्फ लागेका छन् । 

‘सरकारले क्यान्सर रोग लागेकालाई सरकारले एकलाख सम्मको सहयोग गर्छ भन्ने थापा पाएर जिल्ला जनस्वास्थ्य कार्यालय र कान्ति अस्पताल कै सिफारिस लिएर स्वास्थ्य सेवा विभागदेखि मन्त्रालय सम्म धाएँ, तर सहयोग भने पाउन सकिन ।’ – सन्तोषका बाबुले भने– ‘हाल सम्म चारलाख आफैले खर्च भैसकेको छ, बाँकी उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।’

यी त कान्तिबाल अस्पतालको क्यान्सर बिभागमा उपचारका लागि आएका प्रतिनिधि पात्र मात्र हुन्  । क्यान्सर रोग लागेर निःशुल्क उपचार पाउने आशामा अस्पतालमा आएका अधिकाशं बिरामीको समस्या उस्तै छ । निःशुल्क उपचार पाउने आशामा अस्पताल आएका विरामीका आफन्तले सरकारले दिने भनेको सेवा पारदर्शी नभएको गुनासो पनि गरेका छन् । सबै निःशुल्क दिने भन्छन् , सलाईन पानीदेखि , सिरिन्ज सबै आफै किन्नुपर्नेको दुःख पोख्ने गरेका छन् ।

 के हो ब्लड क्यान्सर ? 
सामान्यतः मानिसको शरीरमा करोडौं ससाना कोषिकाहरुले बनेको हुन्छ । त्यस्तै शरीरमा बग्ने रगतमा पनि हजारौ कोषहरु ह्ुन्छन्  । ति कोषिकाहरु असामान्य किसिमले आफसे आफ अत्याधिक बृद्धि हुन पुगेमा ब्लड क्यान्सर हुन्छ । 

‘’रगतमा सेलहरु जन्मने र मर्ने क्रम चलिरहेको हुन्छ, कान्तिमा बाल अस्पतालका क्यान्सर रोग विशेषज्ञ भन्छन्– ‘यो क्रममा गडबढि भइ यदि असामान्य कोषिकाहरु वृद्धि हुने क्रम बढ्दै अत्याधिक हुन पुग्यो भने ब्लड क्यान्सरको समस्या देखिन सक्छ ।’

नसर्ने रोगहरु मध्ये धेरै ब्लड क्यान्सर निकै अफ्ठ्यारो रोगको रुपमा चिनिन्छ । यो रोग के कारणले लाग्छ भन्ने बारे कसैले पनि अहिले ठ्याक्कै कारण भन्न नसक्ने चिकित्सकहरु बताउछन् । सामान्यतः वंशमा कसैलाई रक्तक्यान्सर भएको भए,यदि कोहि गर्भवति महिला रेडियो बिकिरणमा बस्ने ,र बिधुतीय सामाग्रीको धेरै नजिक रहने तथा रसायनिक पदार्थको प्रयोग बढि गर्ने गरेमा उनिहरुबाट जन्मिने बच्चामा ब्लड क्यान्सरको कारण बन्न सक्ने सम्भावना बढि रहने डा. शाह बताउछन् । त्यसबाहेक धुमपानले शरीरमा भएको डिएनएलाई क्षति पुर्याउने भएकाले पनि रक्तकोषहरु असामान्य किसिमले बृद्धि भई ब्लड क्यान्सर हुन सक्ने उनले बताए । बिरामीको अवस्था हेरेर १ देखी ३ बर्ष सम्म चिकित्सकको निगरानीमा उपचार गरायो भने बालवालिकालाई हुने क्यान्सर रोगपूर्ण रुपमा निको समेत पार्न सकिने डा. शाह बताउछन् । 

क्यान्सरका बिरामीलाई सहयोगको लागि कोष
ब्लड क्यान्सरको उपचार महंगों उपचार मानिन्छ । अस्पतालका अनुसार ब्लड क्यान्सरका बिरामी बच्चाहरुलाई हेर्दा अधिकांश बालबालिका निम्न आयश्रोत भएको परिवारका भएकाले उनिहरुको उपचारका लागि निकै कठिन पर्ने गरेको पाइन्छ । उक्त अवस्थालाई मध्यनजर गर्दै कान्ति बाल अस्पताललमा  १५ बर्षअघि  एक विदेशीको पहलबाट क्यान्सर रोग लागेका बालबालिकालाई सहयोग गर्ने भन्दै कोषको स्थापाना भएको थियो । उक्त कोषमा हाल हाल २ करोड रकम रहेको छ  । पछिल्लो पटक स्वास्थ्यमन्त्री गगन कुमार थापा मन्त्री भए लगत्तै आफ्नो पहिलो तलवबापत उक्त कोषमा ४० हजार रकम सहयोग गरेका थिए  । 

आर्थिक रुपमा निकै बिपन्न अवस्थामा रहेका बालबालिकाहरुका लागि सो कोषबाट रकम झिकेर उपचारमा खर्च गर्र्दै आएको अस्पलालका निर्देषक डा. अजित रायमाझी बताउछन् । एकजना क्यान्सरको बिरामीको उपचारका लागि ३ देखि ५ लाख सम्म लाग्ने भएकाले बिरामीको सम्पुर्ण उपचार सेवा निशुल्क गर्न नसकिएको निर्देशक रायमाझी बताउछन् । 

‘हामीले अस्पतालमा आएका कोहि क्यान्सर रोग लागेर कान्ति बालअस्पताल आएका जो कोहि बालवालिकालाई जसको परिवारको आर्थिक अवस्था निकै कमजोर छ, उसको सकेसम्म निशुल्क सेवा उपलब्ध गराउने कोषिस गरिरहेका छौं, निर्देशक रायमाझी भन्छन् ‘तर क्यान्सर रोगको औषधि निकै महंगो पर्ने भएकाले सम्पुर्ण औषधि निशुल्क गर्न नसक्दा बिरामीहरुले किन्नुपर्ने अवस्था रहेको छ ।’ 

महिनामै २०–२५  जना क्यान्सरका बिरामी
अस्पतालका क्यान्सर रोग लागेका बिरामीलाई निःशुल्क उपचार गराउने भनी २० ओटा शैया छुटाईएको छ । एक बिरामी महिनादेखि वर्षौंसम्म पनि उपचारका क्रममा बस्नुपर्ने बाध्यता रहेकाले सबै लक्षित वर्गले अहिलेसम्म पनि उपचार सेवा पाउन सकेका छैनन् । 

अस्पतालका निर्देशक डा. रायमाझीका अनुसार उक्त निशुल्क शैयामा भर्ना भएर बसेका बिरामीहरुको उपचारमा लाग्ने खर्च कोषमा रहेको रकमबाट उठेको ब्याजलाई उपचारमा लगाइँदै आएको छ । अस्पतालले हालसम्म १५ सय बालबालिकाको निशुल्क उपचार गराइरहेको छ । सम्पूर्ण सेवा निशुल्क भनिएपनि उपचार खर्च ३ देखी ५ लाख सम्म लाग्ने भएकाले कोषको रकमले सबैलाई निशुल्क सेवा दिँदा धान्न नसक्ने भएकाले सम्पूर्ण सेवा निःशुल्क गर्न नसकेको दुःखको बिषय भएको रायमाझी बताउँछन् । 

डा. रायमाझीका अनुशार सो कोषमा  नेपाली लगाएत विदेशी दाताहरुले सहयोग गदै आएका छन् ।  अस्पतालमा क्यान्सर रोगको उपचारमा सहयोग गर्ने तालिम प्राप्त नर्श र चिकित्सकहरु कै पनि अस्पतालमा अभाव रहेको डा.  कैलाश शाह बताउछन् । यसका साथै बिरामीको चापअनुशार प्रयाप्त शैयाको पनि अभावका कारण विरामीले उपचार पाउनमा समस्या रहेकाले सबै बिरामीलाई निशुल्क सेवा उपलब्ध गराउन नसकिएको डा. साह बताउछन् ।

 क्यान्सर लागेका वालवालिकालाई सहयोग गर्ने उदेश्यबाट स्थापित कोषबाट उठेको रकमबाट पनि उपचारमा सहयोग बाहेक सरकारले आफैले सुरु गरेको यस कार्यलाई ति लक्षित समुह सम्म पुगेको नपुगेको अनुगमन गरी कार्यक्रमलाई अझ पारदर्शी बनाउन जरुरी भईसकेको छ । नेपाल सरकारले क्यान्सर रोग लागेका विरामीलाई एक लाख सम्मको सहयोग गर्ने कार्यक्रम त ल्याएको छ तर बिरामीहरु भने सबै प्रकृया पु¥याएर सहयोग लिन जाँदा पनि सहयोग नपाएको गुनासो छ ।

Last modified on 2017-06-19 15:42:55

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. sarkar le garn nsakne kam hami jasto garib lai aash dekhayer dukh dine kam mtra kin garnu hunx. garnsaknu hunn vne yasto aash dekhayer dukh dine kam ngarnu . r yo samsaya ko samdhan sakdo chadai garn nepal sarkar sang anurodh gardxu. thanks


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts