घाइतेको उद्दारका लागि हेलिकप्टर तयारी अवस्थामा 

What's This?


Download our app to get more features

काठमाण्ठौं २१, चैत । मुग्लिन नारायणगढ सडक खण्डको घुमाउनेमा सुख्खा पहिरोका कारण घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको छ । गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनपछि घाइतेको उद्दार गर्न हेलिकप्टर तयारी अवस्थामा रहेको हो । 

मुग्लिन नारायणगढ सडक खण्डको घुमाउनेमा सुख्खाा पहिरोमा परेकाहरुको उद्दारमा सुरक्षाकर्मीहरु जुटेका छन् । मुग्लिननारायणगढ सडक खण्डमा सख्खा पहिरो खस्दा आज बिहान दुई जनाको घटनास्थलमै ज्यान गएको छ । पहिरोमा पुरिएका गाडी र मोटरसाइकल खोज्ने काम भइरहेको छ ।  दुईजना घाइतेको उद्धार गरिएको र अरु मानिस पहिरोमा परे, नपरेकोबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । 

सोमबार बिहान झण्डै साढे १० बजे पहिरो खस्दा चारवटा गाडी र ५ वटा मोटरसाइकल पुरिएको हो । एउटा बस, एउटा ट्रक, एउटा पिकअप भ्यान र कार पुरिएको प्रहरीले जनाएको छ । घाइते दुईजनाको उद्धार गरिएको छ । उनीहरुको भरतपुरमा उपचार भैरहेको छ । ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध छ । दुवैतर्फ गाडीको लामो लाइन लागेको छ । 

तस्वीर  : इकान्तिपुर 

Last modified on 2017-06-18 16:37:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts