लुम्बिनी अञ्चल अस्पतालमा तनाब 

What's This?


Download our app to get more features

बुटवल २२, चैत । सुत्केरी हुन भर्ना भएकी महिलाको मृत्यु भएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले अस्पताल परिसरमा धर्ना दिएपछि तनाव भएको हो । 

उपचारमा भएको बेवास्ता र लापरबाहीले गर्भवती महिलाको मृत्यु भएको आफन्तहरुको आरोप छ । दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आफन्तहरुले अहिले अस्पताल परिसरमा धर्ना दिएका हुन् ।

बुटवल ११ दुर्गानगरकी २७ वर्षीय मीना बुढामगरको लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो । सुत्केरी बेथा सुरु भएपछि सोमबार बिहान करिब १० बजे मीना अस्पताल भर्ना भएकी थिइन् । घरबाट १५ मिनेटको बाटो हिँडेर आएकी मीनाको सोमबार साँझ मृत्यु भएको हो । मीनाको आफन्तले अस्पतलाको वेवास्ताका कारण मीनाको मृत्यु भएको जनाएका छन् । उनीहरुले मृतक चिकित्सक र अस्पताल प्रशासनलाई कारवाही हुनुपर्ने माग राख्दै आएका छन् । 

अस्पतालले भने आफन्तले भनेजस्तो बेवास्ता नगरेको दाबी गरेको छ । विशेषज्ञकै टोलीले प्रसूती समस्या हेरेकाले हेलचेक्रयाईले मृत्य नभएको दावी गरेको छ । 
 

Last modified on 2017-06-18 16:31:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts