मधुमेह, थाइराइड र हर्मोन राेगको विशेषज्ञ सेवा शुरु

What's This?


Download our app to get more features

ललितपुर, ८ वैशाख । काठमाण्डाै‍ डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिले मधुमेह, थाइराइड तथा हर्माेन रोगसम्बन्धी विशेषज्ञ सेवाको शुरुवात गरेको छ ।  

ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा संचालन भएको सेन्टरमा मधुमेह तथा थाइराइडका बिरामीलाई व्यवस्थित रुपमा विशेषज्ञ उपचार सेवा दिने उद्देश्यले सेन्टर संचालनमा ल्याइएको सेन्टरका संस्थापक अध्यक्ष कुमार थापाले जानकारी दिए ।

वरिष्ठ मधुमेह थाइराड र हर्माेन रोग विशेषज्ञ डा. अंशुमाली जोशीसहितको चिकित्सकको टोलीले सेन्टरमार्फत् बिरामीको उपचार गर्नेछन् । मधुमेह, थाइराड र हर्माेनको समस्या बढ्दै गइरहेको भन्दै सेन्टरका निर्देशकसमेत रहेका डा. जोशीले यस सेन्टरमार्फत अन्तराष्ट्रिय स्तरको विशेषज्ञ सेवा प्रदान गर्ने दावी गरे ।

सेन्टरका संस्थापक अध्यक्ष थापाले मधुमेह थाइराड र हर्माेन रोगका बिरामीलाई उपचारको पहुँचमा ल्याउन राजधानी बाहिर गएरसमेत सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए ।

थापाले अल्का अस्पतालमार्फत बिरामीको चाप हुने अन्य विभागलाई बिशेष व्यवस्थित रुपमा संचालन गर्ने तयारी भइरहेको बताए ।

सेवाको सुरुवात गर्दै स्वास्थ्यमन्त्री रामजनम चौधरीले पछिल्लो समय नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको र मधुमेह र थाइराइडको अवस्था अझै भहावह बन्दै गएकाले नियन्त्रणका लागी जनचेतना जगाउन आवश्यक रहेको बताए ।
 

 

 

Last modified on 2016-04-20 22:14:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts