चितवनमा विश्व स्वास्थ्य दिवस तीनदिन मनाइयो



Download our app to get more features

चितवन, २८ चैत । विश्व स्वास्थ्य दिवस २०१७ को अवसर पारेर चितवन मेडिकल कलेज र शुक्रनगर स्वास्थ्य चौकीको संयुक्तआयोजनामा तीन दिने जनचेतना कार्यक्रम सम्पन्न भएको छ । 

‘उदासिनताको रोग: खुलेर कुरा गरौं’ भन्ने नाराका शुक्रनगर, देविस्थान र अमृतनगर क्षेत्रमा विभिन्न कार्यक्रम गरि समापन गरिएको छ । साथै त्यस क्षेत्रमा रहेका मानिसमा डिप्रेसनको बारेमा विभिन्न जानकारीमूलक कार्यक्रमहरु गर्नुको साथै डिप्रेसनबाट प्रभावित व्यक्तिहरुलई परामर्श समेत दिइएको थियो । 

चितवन मेडिकल कलेजका प्रा.डा. मुनिराज क्षेत्रीले डिप्रेसन एक मानसिक समस्या भएको हुँदा यसलाई गुम्साएर राख्नुभन्दा समयमै यसको निदान गरी उपचार गर्न आग्रह गरे । उनले भने ‘यो कडा खालको मानसिक समस्या नभएको हुँदा यसका बारेमा खुलेर कुरा गर्दा भविष्यमा हुने ठूला दुर्घटनाबाट बच्न सकिन्छ ।’ 

शुक्रनगर हेल्थपोष्टका इन्चार्ज जगदीश बमले आफुहरुले पनि डिप्रेसनको परामर्श दिनसक्ने भन्दै रोग लुकाउनु भन्दा स्वास्थ्य चौकीमा आएर परामर्श लिन अनुरोध गरे । चितवनका सबै स्वास्थ्य चौकीहरुमा टि.पि.ओ नेपाल नामक गैरसरकारी संस्थाले मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिएको छ । 

Last modified on 2017-06-18 15:25:17

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts