लामखुट्टे भगाउने सजिलो घरेलू तरिका



Download our app to get more features

र्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग(मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले) लगायत रोग लाग्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो । तपाईंलाई लामखुट्टेले टोकेर हैरान पारेको छ भने घरेलु उपचार पद्धतिबाटै यसको निदान गर्न सकिन्छ । घरेलु उपायबाट पनि सहजै यसको उपचार गरेर लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।

हाम्रो घरमा सहजै पाइने तुलसी लामखुट्टे भगाउन निकै उपयोगी मानिन्छ । शरीरमा तुलसीको पातको रस लगाउनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ । घरमा तुलसीको बोट रोप्नाले पनि लामखुट्टे भगाउन सकिन्छ ।

पुदिनाको पातको रस छर्किनाले पनि लामखुट्टे भाग्छ । यसलाई शरीरमा पनि लगाउन सकिन्छ ।

हाम्रो बगैंचामा प्रायजसो सयपत्री फूल फुलिरहेको हुन्छ । अझ कतिपयले घरको कौसी तथा बैठक कोठामा  पनि सयपत्री फूललाई सजावटका लागि राखेका हुन्छन् । सयपत्री फूलको रस शरीरमा लगाउँदा पनि लामखुट्टेबाट बच्न सकिन्छ ।

कागती तथा नीलगिरीको तेल मस्किटो रेपेलेटमा लिक्युइट सकिएपछि त्यसमा कागतीको रस तथा नीलगिरीका तेल भरेर जलाउन सकिन्छ । यसलाई हात खुट्टामा पनि लगाउन सकिन्छ ।

सर्स्यूँको तेलमा अजवाइन पाउडर मिलाएर पेसरको टुक्रामा लगाई कोठाको माथिल्लो भागमा राख्ने । जसका कारण लामखुट्टे भगाउन सजिलो हुन्छ ।
नीमको तेल शरीरमा लगाउने अथवा नरिवलको तेलमा नीमका तेल मिसाएर बाल्दा पनि लामखुट्टे भाग्छ ।

कोठामा कपूर बाल्ने र १० मिनेट बन्द गरेर राख्ने । जसका कारण लामखुट्टे भाग्छ ।

लसुनको गन्धले पनि लामखुट्टेललाई टाढा राख्न सकिन्छ । लसुनको रस शरीरमा लगाउन समेत सकिन्छ ।

मट्टितेल, नीमको तेल, कपूर एउटा लालटिनमा थोरै मट्टितेल, केही थोपा नीमको तेल र २ टुक्रा कपूर मिलाउने । यसरी मिलाएको लालटिनलाई बाल्दा पनि लामखुट्टे भगाउन सकिन्छ ।

एजेन्सीको सहयोगमा

Last modified on 2017-06-18 14:40:51

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts