खुसी तपाईँको वरिपरी छ

What's This?


Download our app to get more features

यूनिभर्सिटी अफ पेन्सीलवानियाका मनोविज्ञानका प्रोफेसर मार्टिन ईपी सेलिगम्यान सकारात्मक मनोविज्ञानको क्षेत्रमा चिनिएको नाम हो । 

उनी भन्छन्, ‘मनोविज्ञान भनेको खुसीको बाटोमा नकारात्मक भावना, डिप्रेसन, रिस र चिन्ता जस्ता समस्याको समाधानको बाटो हो ।’ 

जीवनमा कसरी खुसी ल्याउन सकिन्छ भनेर पेन पोजेटिभ साईकोलोजी सेन्टरमा उनले अध्ययन गरे । जीवनमा खुसी रहनका लागि प्रोफेसर सेलिगम्यानले अध्ययनमा आधारित भएर चार अभ्यासको सुझाव दिएका छन् ।

आफ्नो क्षमतालाई चिन्नुहोस् 

आफ्नो बारेमा एउटा कथा लेख्नुहोस् जुन समय तपाईँ जिन्दगीको सबै भन्दा राम्रो अवस्थामा हुनुहुन्थ्यो । यो घटना या कथा तपाईँको जिन्दगीमा परिवर्तन ल्याउने खालको हुनुपर्दछ भन्ने छैन तर कुनै राम्रो सुरुवात भने होस् । 

यो कथा हप्तामा एक दिन पढ्नुहोस् र आफैँलाई प्रश्न गर्नुहोस् जुन समय म राम्रो अवस्थामा थिएँ मेरो व्यक्तिगत क्षमता के थियो ? आफूमा के रचनात्मक कुरा पाउनुभयो ? त्यो समयमा अरुका लागि तपाईँ कस्तो व्यक्ति हुनुहुन्थ्यो ? इमान्दार हुनुहुन्थ्यो या बहादुर या तपाईँमा जोश भरिएको थियो ? आफ्नो जवाफ लेख्नुहोस् र जहाँ तपाईँ राम्रो हुनुहुन्थ्यो त्यो बिषयलाई अहिलेको तपाईँसँग जोड्नुहोस् । 

राम्रो कुरालाई चिन्नुहोस्

तपाईँ सुत्नका लागि ओछ्यानमा जानु पूर्व तीन यस्ता कुराहरु लेख्नुहोस् जुन आजको दिनमा साँच्चै राम्रो भएको छ । अनि ती घटनाहरुमाथी प्रश्न गर्नुहोस् घटनामा राम्रो के भएको थियो ? 
जीवनमा कमजोरी खोज्न थाल्नु भनेको डिप्रेसनलाई बढाउनु हो । त्यसैले आफ्नो जीवनमा भै रहेका सकारात्मक पक्षहरु हेर्नुहोस् ।

सम्मान दिन नभुल्नुहोस् 

कोही यस्तो व्यक्तिका बिषयमा सोच्नुहोस् जसले तपाईँका लागि राम्रो सोच्ने गर्दछ । या त को ही यस्तो व्यक्ति सोच्नुहोस् जसले तपाईँका लागि राम्रो गरेको छ र तपाईँले उसलाई धन्यबाद दिन बिर्सनु भयो । 
तपाईँ उक्त व्यक्तिको बिषयमा तपाईँको मनमा आएका भावनाहरु लेख्नुहोस् र जब त्यो व्यक्तिसँग भेट हुन्छ उक्त पत्र दिनुहोस् या ठूलो आवाजमा पढ्नुहोस् । तपाईँ मान्नुस् कि त्यो समयमा तपाईँहरु दुबै जना खुसीलाई आफ्नो जीवनको पाटो बनाउन चाहानुहुन्छ । 

समझदार र रचनात्मक उत्तर दिनुहोस् 

यो अभ्यास यूनिभर्सिटी अफ क्यालिफोर्नियाका सामाजिक मनोबिश्लेषक शेली गावको कार्यमा आधारित छ । यदि तपाईँ कसैका बिषयमा चिन्ता लिँदै हुनुहुन्छ भने त्यो व्यक्तिले छिट्टै नै सकारात्मक खबर सुनाउने छ । गावले यसलाई रचनात्मक उत्तर भनेका छन् । 
 

Last modified on 2017-06-18 13:28:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts