सुन्दरता र शारीरिक स्वास्थ्यका लागि दही

What's This?


Download our app to get more features

एजेन्सी । दहीमा तपाईँलाई स्वास्थ्य बनाउने मात्र नभई सुन्दर बनाउने तत्व पनि पाइन्छ । पेटको समस्याका लागि दही उपयोगी हुन्छ । यसमा प्रोटिन, क्याल्सियम, राइबोफ्लेविन, भिटामिन बी ६ र भिटामिन बी १२ जस्ता पोषक तत्व हुन्छ । दहीमा पाईने ब्याक्टेरियाले हामीलाई स्वस्थ रहन मद्दत गर्दछ । यदि तपाईँलाई आफ्नो स्वास्थ्य र सुन्दरताको चिन्ता छ भने नियमित रुपमा खानासँग एक कचौरा दही खाने गर्नुहोस् । 

एसिडिटीको समस्यामा उपयोगी

केही व्यक्तिहरुलाई खाना खाने बित्तिकै एसिडिटी सुरु हुने गर्दछ । यदि तपाईँलाई पनि यस्तो समस्या छ भने खानाको लगत्तै एक कचौदा दही खाने गर्नुहोस् । दहीले तपाईँको शरीरमा पीएच सन्तुलन गर्न मद्दत गर्दछ । सँगै खानाले गर्दा पैदा भएको गर्मीपनलाई कम गर्दछ ।  खानापछि दही पिउनाले खाना पचाउने प्रक्रियालाई सहज बनाईदिन्छ ।

दहीमा प्रचुर मात्रामा क्याल्सियम

दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । जसले हाम्रो हड्डी तथा जोनीलाई बलियो बनाउन मद्दत गर्दछ सँगै मांसपेशीले राम्रो तरिकाले काम गर्न सहयोग हुन्छ । दहीमा हिंगको धुलो हालेर सेवन गर्नाले जोर्नीहरुमा हुने दुखाई समेत कम हुन्छ । यो स्वादिष्ट हुनुका साथै पौष्टिक पनि हुन्छ । 

दहीमा सुन्दर बनाउने तत्व पनि

दही स्वास्थ्यवर्धक त छ नै सँगै सुन्दरतामा निखार ल्याउन पनि उत्तिकै सहयोगी छ । गर्मीमा शरीरमा परेको रापले छालामा समस्या देखिन थाल्छ र त्यो समस्याको समाधानका लागि दही लाभदायक हुन्छ । यति मात्र हैन दहीमा बेसनको पीठो मिसाएर लगाउनाले छालामा चकम आउँछ । 
 

Last modified on 2017-06-16 15:59:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts