आन्दोलनमा रहेका चिकित्सकद्धारा दुर्घटनामा परेकाहरुको उपचार गर्न अस्विकार

What's This?


Download our app to get more features

कास्की, बैशाख ९ । पोखरा मणिपाल अस्पतालका चिकित्सकहरुले आफूहरु आन्दोलनमा रहेको भन्दै बस दुर्घटनामा परेका गम्भिर घाइतेहरुको उपचार गर्न समेत अस्विकार गरेका छन् । 

चिकित्सकहरुले मुक्तिनाथ दर्शन गरेर फर्कंदै गर्दा बस दुर्घटनामा परेका घाइतेहरुको उपचार गर्न अस्विकार गनरेका हुन् । घाइतेको अवस्था गम्भिर भएकोले सेनाको हेलिकोप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो । तर मणिपाल अस्पतालका चिकित्सकले आफूहरु आन्दोलनमा रहेको भन्दै उपचार गर्न अस्वीकार गरे ।

तीन महिनादेखि मणिपाल अस्पतालका चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुले उपचारमा अस्विकार गरेपछि घाइतेलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । 

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथबाट मुस्ताङ्गको सदरमुकाम जोमसोमको लागि छुटेको ना ५ ख ६०६७ नम्बरको बस शनिबार कागवेनीको उकालोमा दुर्घटना भएको थियो । दुर्घटनामा परि पाँचजनाको घटनास्थलमा नै ज्यान गएको थियो । 

दुर्घटनामा ज्यान गुमाउनेमा महालक्ष्मी नगरपालिका–२ ललितपुर निवासी लीला खड्का, काठमाडौं ३५ सुविधानगरका भोला अधिकारी र कोटेश्वरका पुरुषोत्तम ढकालको परिचय खुलेको मुस्ताङ्ग प्रहरीले जनाएको छ । दुई महिलाको अझै परिचय खुलेको छैन ।  घाइते हुनेमा काठमाडौं, ललितपुर र भक्तपुरका धेरै छन् ।
 

Last modified on 2017-06-16 15:25:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts